काठमाडौंबाट ३ लाख २० हजार माक्ससहित कालोबजारी गर्ने व्यक्ति पक्राउ « Khabarhub

काठमाडौंबाट ३ लाख २० हजार माक्ससहित कालोबजारी गर्ने व्यक्ति पक्राउ


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कारोना भाइरसको प्रकोपटका बीच सर्जिकल माक्सको कालोबजारी गर्नेविरुद्ध प्रहरीले विशेष अपरेशन चलाएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीको संयोजनमा मातहतको महानगरीय प्रहरी परिसर काठमाडौंले मास्क कालोबजारी गर्नेविरुद्ध अपरेशन सञ्चालन गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले आइतबार काठमाडौंको कपन र सतुंगल क्षेत्रबाट गरी ३ लाख २० हजारभन्दा बढी माक्स बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा गोदाममा छापा मारेको प्रहरीले कपनबाट १ लाख ५० हजार र सतंगुलबाट १ लाख् ७० हजार माक्स बरामद गरेको हो । प्रहरीले माक्सको कालोबजारी गर्ने केही व्यक्तिलाई समेत पक्राउ गरेको छ । तर, पक्राउ पर्ने व्यक्तिको संख्या भने यकीन हुन सकेको छैन ।

काठमाडौं परिसरको टोलीले शनिबार मात्रै ७८ हजार माक्ससहित ८ जनालाई पक्राउ गरेको छ ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ६ : ३१ बजे

सुनसरीमा पूर्व-पश्चिम राजमार्ग आसपास र इनरूवा बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू

काठमाडौं- कप्तानगञ्ज घटनाका कारण उत्पन्न असहज परिस्थितिलाई ध्यानमा राख्दै जिल्ला

बागमतीमा घटेन गाडीभाडा

काठमाडौं- पेट्रोलियम पदार्थको मूल्य घटेको झण्डै एक महिना बित्दै लाग्दा

केरामा आत्मनिर्भर बन्दै नेपाल

काठमाडौं- सरकारको नीतिगत प्रयास र किसानको अथक मेहनतपछि नेपाल केरामा

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौं- धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज सामान्य

रहेनन् कांग्रेसका वरिष्ठ नेता गोपालमान 

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ