काठमाडौंबाट ३ लाख २० हजार माक्ससहित कालोबजारी गर्ने व्यक्ति पक्राउ « Khabarhub

काठमाडौंबाट ३ लाख २० हजार माक्ससहित कालोबजारी गर्ने व्यक्ति पक्राउ


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कारोना भाइरसको प्रकोपटका बीच सर्जिकल माक्सको कालोबजारी गर्नेविरुद्ध प्रहरीले विशेष अपरेशन चलाएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीको संयोजनमा मातहतको महानगरीय प्रहरी परिसर काठमाडौंले मास्क कालोबजारी गर्नेविरुद्ध अपरेशन सञ्चालन गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले आइतबार काठमाडौंको कपन र सतुंगल क्षेत्रबाट गरी ३ लाख २० हजारभन्दा बढी माक्स बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा गोदाममा छापा मारेको प्रहरीले कपनबाट १ लाख ५० हजार र सतंगुलबाट १ लाख् ७० हजार माक्स बरामद गरेको हो । प्रहरीले माक्सको कालोबजारी गर्ने केही व्यक्तिलाई समेत पक्राउ गरेको छ । तर, पक्राउ पर्ने व्यक्तिको संख्या भने यकीन हुन सकेको छैन ।

काठमाडौं परिसरको टोलीले शनिबार मात्रै ७८ हजार माक्ससहित ८ जनालाई पक्राउ गरेको छ ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ६ : ३१ बजे

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली

नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक

संखुवासभा – नेपाली सेनाको अथक प्रयासपछि विगत तीन महिनादेखि अवरुद्ध

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व