कोरोना भाइरसको महामारी रोक्न सार्कको भूमिका महत्वपूर्ण : पाकिस्तान « Khabarhub

कोरोना भाइरसको महामारी रोक्न सार्कको भूमिका महत्वपूर्ण : पाकिस्तान


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरस महामारी नियन्त्रणका लागि पाकिस्तानले सक्दो प्रयास गरिरहेको स्वास्थ्य मामिलाका लागि पाकिस्तानी प्रधानमन्त्री इमरान खानका विशेष सल्लाहकार जाफर मिर्जाले जनाएका छन् ।

कोरोना भाइरसविरुद्ध साझा रणनीति बनाउन सार्कका नेताहरुको भिडियो कन्फरेन्समा बोल्दै उनले पाकिस्तानमा यसको रोकथामका लागि आवश्यक स्वास्थ्य सतर्कता अपनाएको समेत जनाए ।

कोरोना भाइरसलाई विश्व स्वास्थ्य संगठन डब्लूएचओले विश्वव्यापी महामारी भनेको भन्दै उनले यसको रोकथाम पनि सम्भव रहेको जनाए ।

कोरोना भाइरसका कारण विश्वमा हालसम्म १ लाख ५५ हजार भन्दा धेरै संक्रमित, ५ हजार ८ सय ३३ जनाको मृत्यु भएको र यसको संक्रमण १ सय ३३ मुलुकसम्म पुगिसकेको भन्दै मिर्जाले यसको चुनौति पनि ठूलो रहेको बताए ।

‘दक्षिण एसियाका सबै मुलुकमा संक्रमण देखा परिसकेको छ ।’ उनले भने ।

यो महामारीविरुद्ध लड्नका लागि विज्ञानमा आधारित समाधान खोजिनुपर्ने उनको भनाइ छ । त्यस्तै, उनले सार्क यसविरुद्धको लडाईंमा महत्वपूर्ण हुने विचार व्यक्त गरे ।

‘सार्क यसका लागि महत्वपूर्ण छ । कोरोना नियन्त्रणका लागि स्वास्थ्य सूचना आदान प्रदान तथा तथ्यांक आदान प्रदान गर्ने व्यवस्था मिलाउन आवश्यक छ ।’

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  ७ : ४९ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा विद्युत् जडान, रसुवामा ८३ र नुवाकोटमा ९५ प्रतिशत सेवा सञ्चालन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण अवरुद्ध

भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन

कपिलवस्तु – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको

भदौ २४ को विध्वंसमा संलग्नलाई कारबाही नभएसम्म आवाज उठाइरहन्छु : एमाले सचिव बस्नेत

काठमाडौँ – नेकपा (एमाले)का सचिव महेश बस्नेतले गत वर्ष भदौ

अब किम्रुङखोलाको जोखिम छैन : वडाध्यक्ष गुरुङ

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा मोदी खोलाको सहायक किम्रुङखोलाको

‘आगोले संरचना जलाए पनि इतिहास र विरासत ढाल्न सक्दैन’ : वसन्त चौधरी

काठमाडौँ – प्रसिद्ध उद्योगी एवं साहित्यकार वसन्त चौधरीले गत वर्ष