कोरोनाको कहरः यो वर्षको घोडेजात्रा औपचारिकतामा सीमित « Khabarhub

कोरोनाको कहरः यो वर्षको घोडेजात्रा औपचारिकतामा सीमित


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वमा फैलिरहेको कोभिड–१९ का कारण नेपाली सेनाले यस वर्षको घोडेजात्रा सीमित व्यक्तिको उपस्थितिमा गर्ने भएको छ ।

सेनाले प्रत्येक वर्ष टुँडिखेलस्थित सैनिक मञ्चमा विविध अश्वकलाले भरिपूर्ण रोचक कार्यक्रमसहित ‘घोडेजात्रा समारोह’ आयोजना गर्दै आएको थियो ।

यस वर्षको घोडेजात्रा यही चैत ११ गते परेको छ । उक्त जात्रालाई केवल परम्परालाई कायम राख्ने उद्देश्यले मात्र आयोजना गर्न लागिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । विभिन्न राष्ट्रमा कोभिड १९ फैलिएका कारण सरकारले सभा, सम्मेलन, भेला र कार्यक्रम नगर्ने यसअघि नै निर्णय गरिसकेको छ ।

सरकारको उक्त निर्णयअनुरुप यस वर्षको घोडेजात्रा समारोहमा विशिष्ट व्यक्ति र पाहुनालाई सहभागी नगराउने निर्णय गरिएको निर्देशनालयले जनाएको छ ।

उक्त समारोहको विभिन्न टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण गरिने जानकारी दिइएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  १० : ४५ बजे

सुनसरीमा पूर्व-पश्चिम राजमार्ग आसपास र इनरूवा बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू

काठमाडौं- कप्तानगञ्ज घटनाका कारण उत्पन्न असहज परिस्थितिलाई ध्यानमा राख्दै जिल्ला

बागमतीमा घटेन गाडीभाडा

काठमाडौं- पेट्रोलियम पदार्थको मूल्य घटेको झण्डै एक महिना बित्दै लाग्दा

केरामा आत्मनिर्भर बन्दै नेपाल

काठमाडौं- सरकारको नीतिगत प्रयास र किसानको अथक मेहनतपछि नेपाल केरामा

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौं- धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज सामान्य

रहेनन् कांग्रेसका वरिष्ठ नेता गोपालमान 

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ