बारामा १२ लाख ३६ हजार रुपैयाँसहित दुई भारतीय नागरिक पक्राउ « Khabarhub

बारामा १२ लाख ३६ हजार रुपैयाँसहित दुई भारतीय नागरिक पक्राउ


२ चैत्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा- सशस्त्र प्रहरीको टोलीले बारामा स्रोत नखुलेको १२ लाख ३६ हजार ५ सय रुपैयाँ सहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल, सुरक्षा बेस जितपुरबाट खटिएको सशस्त्र प्रहरी निरिक्षक दिलेन्द्र खत्रीको टोलीले बाराको परवानिपुर गाँउपालिका-३ बाट  भारत घर बताउने ४० वर्षीय ईनामोल र २५ वर्षीय  ईसा आलमलाई उक्त रकमसहित पक्राउ गरेको हो ।

बी आर ०५ जेड १४४३ नम्बरको भारतीय मोटरसाइकलमा सवार उनीहरुलाई चेकजाँच क्रममा पक्राउ गरिएको बाराका सशस्त्र प्रहरी प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दिग बिजय सुबेदीले बताए ।

सोधपुछका क्रममा उनीहरुले उक्त पैसाको स्रोत खुलाउन नसकेपछि  पक्राउ गरी आइतबार बिरगंज भन्सार कार्यालय बुझाइएको उपरीक्षक सुबेदीले बताए ।

प्रकाशित मिति : २ चैत्र २०७६, आइतबार  १० : २७ बजे

क्रिकेटमा प्रविधिको फड्को : एनपीएलको तेस्रो संस्करणमा डिआरएस लागू हुने

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो पटक डिआरएस

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली

नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक

संखुवासभा – नेपाली सेनाको अथक प्रयासपछि विगत तीन महिनादेखि अवरुद्ध