कोरोना नियन्त्रणको कामना गर्दै पशुपतिनाथमा विशेष पूजा « Khabarhub

कोरोना नियन्त्रणको कामना गर्दै पशुपतिनाथमा विशेष पूजा


३ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रणको कामना गर्दै पशुपतिनाथमा विशेष पूजा गरिएको छ । गत सोमबार नयाँ वर्षको अवसर पारेर पशुपतिनाथमा विशेष पूजा गरिएको हो ।

नयाँ वर्षको अवसरमा पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले विश्वका सबै मानिस कोरोना संक्रमणबाट चाँडै मुक्ति होऊन् भनी उक्त पूजा गरेका हुन् ।

व्यक्तिगत पहलमा विश्वका सबै मानिस कोरोनो संक्रमणको जोखिमबाट मुक्त होउन् भन्ने कामनासहित पशुपतिनाथ मन्दिरमा सवा लाख दीप प्रज्ज्वलनसहितको लघुरुद्री लगाइएको उनले बताए ।

चिनको वुहानबाट शुरु भएको कोरोना भाइरसका कारण विश्व त्रसित छ । कोरोना भाइरसले विश्वमा १ लाख २६ हजार ५३८ को मृत्यु, १९ लाख ९६ हजार बढी संक्रमित भएका छन् । चीनबाट शुरु भएको कोरोनाको संक्रमण यूरोपेली मुलुक हुँदै अहिले अमेरिका निकै आक्रान्त बनेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  ५ : ३२ बजे

साँगामा यसरी बन्दैछ अण्डरपास

भक्तपुर– करिब तीन वर्षदेखि ६ लेनमा स्तरोन्नति भइरहेको सूर्यविनायक–धुलिखेल सडक

प्रधानमन्त्रीलाई सागर ढकालको प्रश्न- ‘स्वकीय सचिव हुनु नै कोषको अध्यक्ष बन्ने योग्यता हो ?’

काठमाडौँ- प्रधानमन्त्रीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको

सुनसरी प्रशासनद्वारा इनरुवामा ग्यास पसल अनुगमन

सुनसरी– जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवामा रहेको ग्यास पसलहरुको अनुगमन

सरकारको मापदण्डमा सुमनाको कटाक्ष: ‘आफूले गरे योगदानको कदर, अरूले गरे नातावाद’

काठमाडौँ – पूर्वमन्त्री सुमना श्रेष्ठले सरकारको कार्यशैली र नियुक्ति प्रक्रियामा

नयाँ सांसदलाई अभिमुखीकरण दिँदै रास्वपा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदका लागि