कोरोना नियन्त्रणको कामना गर्दै पशुपतिनाथमा विशेष पूजा « Khabarhub

कोरोना नियन्त्रणको कामना गर्दै पशुपतिनाथमा विशेष पूजा


३ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रणको कामना गर्दै पशुपतिनाथमा विशेष पूजा गरिएको छ । गत सोमबार नयाँ वर्षको अवसर पारेर पशुपतिनाथमा विशेष पूजा गरिएको हो ।

नयाँ वर्षको अवसरमा पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले विश्वका सबै मानिस कोरोना संक्रमणबाट चाँडै मुक्ति होऊन् भनी उक्त पूजा गरेका हुन् ।

व्यक्तिगत पहलमा विश्वका सबै मानिस कोरोनो संक्रमणको जोखिमबाट मुक्त होउन् भन्ने कामनासहित पशुपतिनाथ मन्दिरमा सवा लाख दीप प्रज्ज्वलनसहितको लघुरुद्री लगाइएको उनले बताए ।

चिनको वुहानबाट शुरु भएको कोरोना भाइरसका कारण विश्व त्रसित छ । कोरोना भाइरसले विश्वमा १ लाख २६ हजार ५३८ को मृत्यु, १९ लाख ९६ हजार बढी संक्रमित भएका छन् । चीनबाट शुरु भएको कोरोनाको संक्रमण यूरोपेली मुलुक हुँदै अहिले अमेरिका निकै आक्रान्त बनेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  ५ : ३२ बजे

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने

दीपकले ‘परान’बाट तोडे यी निर्देशकको रेकर्ड

काठमाडौं – टेलिसिरियल ‘सक्किगोनी’ टिमले बनाएको फिल्म ‘लाज शरणम्’बाटै दीपक