सर्लाही – सर्लाहीको चन्द्रनगर गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको ५० जनाको र्यापिड परीक्षण गरिएको छ ।
परीक्षण रिपोर्टमा कोरोना भाइरस नेगेटिभ आएको छ । चन्द्रनगरको क्वारेन्टाइनमा रहेका ५० जनालाई मङ्गलबार कोरोनाको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए ।
भारतबाट लुकीछिपी नेपाल प्रवेश गरेका चन्द्रनगर गाउँपालिका ती व्यक्तिलाई कामधस्थित एक विद्यालयमा बनाइएको क्वारेन्टाइनमा राखिएको छ ।
यसअघि सोमबार हरिपुर नगरपालिकाको क्वारेन्टाइनमा रहेका दुई जनाको कोरोना परीक्षण गरिएको थियो ।
परीक्षणमा उनीहरुको पनि कोरोना नेगेटिभ आएको प्रजिअ जिसीले बताए । सर्लाहीका २० स्थानीय तहले ३७ स्थानमा ३८३ शैयाको क्वारेन्टाइन निर्माण गरेका छन् ।
प्रतिक्रिया