राहत माग्दै वडा कार्यालयमा धर्ना « Khabarhub

राहत माग्दै वडा कार्यालयमा धर्ना


३ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला- दार्चुलाको महाकाली नगरपालिका–८ का स्थानीयवासीले राहत उपलब्ध गराउन माग गर्दै वडा कार्यालयमा धर्ना दिएका छन् ।

धापका दलित परिवारका व्यक्तिले आफूहरुलाई राहत उपलब्ध गराउनुपर्ने मागसहित मङ्गलबार वडा कार्यालय धर्ना दिएका हुन् ।

महाकाली नगरपालिकाले सुपथ मूल्य पसल सञ्चालन गरेको भए पनि आफूहरुसँग अर्थाभावका कारण खरिद गर्न सक्ने अवस्था नभएको उनीहरुले जनाएका छन् ।

उनीहरुले सुपथ मूल्य पसल नभइ निःशुल्क खाद्यान्न पाउनुपर्ने माग गरेका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन सरकारले गरेको बन्दाबन्दीका कारण आफूहरुले काम गर्न नपाएको र घरमा खाद्यान्न सामग्री केही नभएकाले राहत माग्न वडा कार्यलयमा आएको पावर्ती कोलीले बताइन् ।

वडा नं ८ कार्यालयले ५६ गरिब परिवारको विवरण नगरपालिकालाई पठाएको वडासचिव श्यामसिंह धामीले भने । उनले भने “हामीलाई मूल्य सूचीसहित खाद्य सामग्री उपलब्ध गराएको छ, त्यही आधारमा बिक्री गरिरहेका छौँ ।”

दलित परिवारको माग निःशुल्क वितरण गर्नुपर्ने भएकाले नगरपालिकाले मूल्य तोकी बिक्री गर्न भनेको हुँदा आफूले पैसा लिएर बिक्री गरिरहेको सचिव धामीको भनाइ छ ।

वडाध्यक्ष चक्रसिंह विष्टले पनि गरिब परिवारले राहतका लागि धर्ना दिएको विषयमा आफूले महाकाली नगरपालिकामा जानकारी गराएको बताए । पालिकाले त्यस्ता नागरिकको लगत सङ्कलन गर्न थालेको बुझिएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  १ : ०९ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको