सनसिटी अपार्टमेन्टमा आरडीटीबाट गरिएको परीक्षणमा २ सय ९८ जनाको रिपोर्ट नेगेटिभ | Khabarhub Khabarhub

सनसिटी अपार्टमेन्टमा आरडीटीबाट गरिएको परीक्षणमा २ सय ९८ जनाको रिपोर्ट नेगेटिभ


३ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कागेश्वरी मनोहरा नगरपालिका ९ को पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा २ सय ९८ जनाको र्‍यापिट डाइग्रोष्टि टेष्ट ( आरडीटी) बाट गरिएको कोरोना परीक्षणमा सबैको नतिजा नेगेटिभ आएको छ ।

नगरपालिकाका मेयर कृष्णहरी थापाका अनुसार अपार्टमेन्टको ए ब्लगमा बस्ने २ सय ४२ र ५६ जना कार्मचारी सहित २ सय ९८ जनाको ¥यापिट टेष्टको नजिता नेगेटिभ आएको हो ।

सोही अपार्टमेन्टमा बस्ने एकै परीवारका दुई जनामा कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्य मन्त्रालयले आजदेखि अपार्टमेन्टमा रहेका व्यक्तिहरुको आरडीटीको विधिबाट कोरोना परीक्षण शुरु गरेको हो ।

नगरपालिकाका प्रमुख थापाका अनुसार स्वास्थ्य मन्त्रालयको प्राविधिकको टोलीले विहान ९ बजेदेखि अपार्टमेन्टको ए ब्लकका व्यक्तिहरु र कामदारहरुको कोरोना परीक्षण गरेका थिए ।

नगरपालिकाका प्रमूख थापाले खबरहबसँग भने, ‘स्वास्थ्य मन्त्रालयको टोलीले अपार्टमेन्टको ए ब्लकडको व्यक्तिहरु र कर्मचारीको गरी २ सय ९८ जनाको ¥यापिट टेष्ट गरीएको थियो, आज टेष्ट भएको सबैको जतिजा नेगेटिभ आएको छ ।’

अपार्टमेन्टमा रहेका सबै व्यक्तिको आरडीटीबाट परीक्षण गरिने नगरपालिकाका प्रमुख थापाले जानकारी दिए ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  ३ : ०१ बजे

तीन महिनामा एक अर्ब ७९ करोड राजस्व सङ्कलन

कैलाली – कैलाली भन्सार कार्यालय, धनगढीले तीन महिनामा रु एक

इजरायल र हमासबीच गाजा युद्धविराम उल्लङ्घन गरेको आरोप प्रत्यारोप

तेल अभिभ– हमासका लडाकुहरूले आफ्नो सेनाविरुद्ध आक्रमण गरेको र जवाफमा

काठमाडौंमा सुरू भयो मापसे चेकजाँच (तस्बिरहरू)

काठमाडौं- गत भदौ २३ र २४ को जेनजी आन्दोलनको केही

तिहारका लागि मुस्ताङमा भेडाच्याङ्ग्रा बिक्री

मुस्ताङ– मुस्ताङमा तिहार पर्वका लागि भेडाच्याङ्ग्रा बिक्री गर्न थालिएको छ