प्रदेश नं ५ सरकारबाट स्थानीय तहलाई कोरोना विशेष अनुदान | Khabarhub Khabarhub

प्रदेश नं ५ सरकारबाट स्थानीय तहलाई कोरोना विशेष अनुदान


३ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रदेश नं ५ सरकारले विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड– १९) संक्रमण नियन्त्रणका लागि प्रदेशका स्थानीय तहलाई कोरोना विशेष अनुदान दिने भएको छ ।

प्रदेश सरकार मन्त्रिपरिषद्को आज मुख्यमन्त्री कार्यालयमा बसेको बैठकले प्रदेशका १०९ स्थानीय तह र १२ जिल्ला समन्वय समितिलाई गरी रु १३ करोड ६० लाख विशेष अनुदान उपलब्ध गराउने निर्णय गरेको बैठकपछि मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ।

विशेष अनुदानअन्तर्गत प्रत्येक स्थानीय तहलाई रु १३ करोड र जिससलाई रु ६० लाख उपलब्ध गराइने छ । बैठकले बुटवल, घोराही र तुलसीपुर उपमहानगरपालिकासहित सिद्धार्थनगर नगरपालिकालाई रु २०/२० लाख, नेपालगञ्ज उपमहानगरपालिकालाई रु २५ लाख र प्रदेशभित्रका अन्य ३१ नगरपालिकालाई रु १५/१५ लाख उपलब्ध गराउने निर्णय गरेको छ । यस्तै प्रदेशभित्रका ७३ गाउँपालिकालाई रु १० लाखका दरले रकम उपलब्ध गराइने निर्णय भएको प्रेस सल्लाहकारले जानकारी दिए ।

प्रदेशभित्रका १२ जिससलाई रु पाँच लाखका दरले उपलब्ध गराउन र जिससको अनुगनको कामलाई प्रभावकारी बनाउन कार्याधिकार तोकिएको छ । बैठक र अनुगमनमा जिससका प्रमुखले प्रदेशसभा सदस्यलाई अनिवार्य सहभागी गराउनुपर्ने तोकिएको छ ।

सरकारले उपलब्ध गराउने कोरोना विशेष अनुदानको बजेट स्थानीय तहले आफूले सञ्चालनमा ल्याएको कोरोना भाइरस नियन्त्रण तथा राहतसम्बन्धी कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ ।

उक्त रकम स्थानीय तहमा सञ्चालन गरिएको क्वारेन्टाइन व्यवस्थापनमा खर्च गर्नुपर्ने तथा लकडाउनबाट अतिप्रभावित श्रमिक तथा निम्नवर्गीय व्यक्तिलाई खाद्यान्न सामग्री खरीद गरी राहतस्वरुप वितरण गरिनुपर्नेलगायत मापदण्डसमेत तय गरिएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  ५ : ५२ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

आज तीजको दर खाने दिन

काठमाडौं – नेपाली हिन्दु महिलाले मनाउने चाड तीज अन्तर्गत सोमबार

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल भदौ ९ गते सोमबार। भाद्र

आज २०८२ साल भदौ ९ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ९ गते सोमबार। भाद्र

चीनको रेलसेवामा यात्रुको उल्लेखनीय वृद्धि

बेइजिङ – चीनमा सन् २०२५ को यात्रा अवधिमा जुलाई १