प्रदेश नं ५ सरकारबाट स्थानीय तहलाई कोरोना विशेष अनुदान « Khabarhub

प्रदेश नं ५ सरकारबाट स्थानीय तहलाई कोरोना विशेष अनुदान


३ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रदेश नं ५ सरकारले विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड– १९) संक्रमण नियन्त्रणका लागि प्रदेशका स्थानीय तहलाई कोरोना विशेष अनुदान दिने भएको छ ।

प्रदेश सरकार मन्त्रिपरिषद्को आज मुख्यमन्त्री कार्यालयमा बसेको बैठकले प्रदेशका १०९ स्थानीय तह र १२ जिल्ला समन्वय समितिलाई गरी रु १३ करोड ६० लाख विशेष अनुदान उपलब्ध गराउने निर्णय गरेको बैठकपछि मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ।

विशेष अनुदानअन्तर्गत प्रत्येक स्थानीय तहलाई रु १३ करोड र जिससलाई रु ६० लाख उपलब्ध गराइने छ । बैठकले बुटवल, घोराही र तुलसीपुर उपमहानगरपालिकासहित सिद्धार्थनगर नगरपालिकालाई रु २०/२० लाख, नेपालगञ्ज उपमहानगरपालिकालाई रु २५ लाख र प्रदेशभित्रका अन्य ३१ नगरपालिकालाई रु १५/१५ लाख उपलब्ध गराउने निर्णय गरेको छ । यस्तै प्रदेशभित्रका ७३ गाउँपालिकालाई रु १० लाखका दरले रकम उपलब्ध गराइने निर्णय भएको प्रेस सल्लाहकारले जानकारी दिए ।

प्रदेशभित्रका १२ जिससलाई रु पाँच लाखका दरले उपलब्ध गराउन र जिससको अनुगनको कामलाई प्रभावकारी बनाउन कार्याधिकार तोकिएको छ । बैठक र अनुगमनमा जिससका प्रमुखले प्रदेशसभा सदस्यलाई अनिवार्य सहभागी गराउनुपर्ने तोकिएको छ ।

सरकारले उपलब्ध गराउने कोरोना विशेष अनुदानको बजेट स्थानीय तहले आफूले सञ्चालनमा ल्याएको कोरोना भाइरस नियन्त्रण तथा राहतसम्बन्धी कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ ।

उक्त रकम स्थानीय तहमा सञ्चालन गरिएको क्वारेन्टाइन व्यवस्थापनमा खर्च गर्नुपर्ने तथा लकडाउनबाट अतिप्रभावित श्रमिक तथा निम्नवर्गीय व्यक्तिलाई खाद्यान्न सामग्री खरीद गरी राहतस्वरुप वितरण गरिनुपर्नेलगायत मापदण्डसमेत तय गरिएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  ५ : ५२ बजे

कसले सम्हाल्ला अन्योलग्रस्त कांग्रेसमा संसदीय मोर्चा ?

काठमाडौं– गत भदौ २३ र २४ गतेको जेन–जी विद्रोहपछि नेपाली

अन्य दललाई गोकुलको सुझाव : रास्वपाका एजेन्डा जनताले पत्याए, खाँबो चिथोर्न बन्द गरौँ

काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य गोकुलप्रसाद बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी

गोकुल बाँस्कोटाको टिप्पणी- ‘रास्वपाले जित्यो, अब काम गरेर देखाओस्’

काठमाडौं– नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रिय

बाबुरामको टिप्पणी : रास्वपाप्रति आशा, ईर्ष्या र सतर्कताको नजरले हेरिनु स्वाभाविक

काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति

इरान–इजरायल द्वन्द्व तीव्र, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार

एजेन्सी– इजरायलले दुई जना वरिष्ठ इरानी सुरक्षा अधिकारीको हत्या गरेपछि