विदेशबाट फर्किएका १२० जनाको र्‍यापिड परीक्षण गरिँदै « Khabarhub

विदेशबाट फर्किएका १२० जनाको र्‍यापिड परीक्षण गरिँदै


३ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- खोटाङमा वैदेशिक रोजगारको सिलसिलामा विभिन्न देशबाट जिल्ला फर्किएका १२० जनाको र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटी) शुरु गरिँदै छ ।

प्रदेश सरकारले १२० वटा किट पठाएलगत्तै पहिलो चरणमा चैतयता घर फर्किएका १२० व्यक्तिको र्‍यापिड डाइग्नोस्टिक टेष्ट गर्ने व्यवस्था मिलाइएको हो ।

विदेशबाट घर फर्किएका व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण भए÷नभएको थाहा पाउन आजदेखि सम्बन्धित पालिकामै पुगेर र्‍यापिड डाइग्नोस्टिक टेष्ट शुरु गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिक्देलले जानकारी दिए ।

र्‍यापिड डाइग्नोस्टिक टेष्ट गर्न जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङ, प्रजिअ शालिग्राम शर्मा पौडेल, सुरक्षा निकायका प्रमुख, जिल्ला अस्पतालका स्वास्थ्यकर्मी लगायतको टोली जन्तेढुङ्गा गाउँपालिका प्रस्थान गरेको छ ।

वैशाख ५ गतेसम्ममा बराहपोखरी, जन्तेढुङ्गा, खोटेहाङ र दिप्रुङ चुइचुम्मा गाउँपालिका फर्किएकाको र्‍यापिड डाइग्नोस्टिक टेष्टको काम पूरा गरिने स्वास्थ्य कार्यालयका प्रमुख सिग्देलले बताए ।

प्रजिअ पौडेल संयोजकत्वको कोभिड क्राइसिस मेजेनमेन्ट कमिटीको बैठकले यही वैशाख ६ गते ऐँसेलुखर्क र वैशाख ७ गते केपिलासगढी गाउँपालिकामा गएर र्‍यापिड परीक्षण गर्ने निर्णय गरेको छ ।

उक्त कमिटीले वैशाख ८ गते हलेसी तुवाचुङ नगरपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका तथा वैशाख ९ गते साकेला गाउँपालिकामा र्‍यापिड डाइग्नोस्टिक टेष्ट गर्ने तालिका तयार पारेका जनाइएको छ ।

रावाबेँसी गाउँपालिकामा चैत लागेपछि विदेशबाट कोही पनि फर्किएका छैनन् भने बराहपोखरी गाउँपालिकामा चैत लागेयता विदेशबाट एकजनामात्र फर्केको तथ्याङ्क छ ।

दश स्थानीय तह रहेको जिल्लामा चैतअघि घर फर्किएका र काठमाडौँबाट घर फर्किएका व्यक्तिको उक्त टेष्ट गर्न पुनः परीक्षण किट माग गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन थालेपछि विदेशबाट १४० जना घर फर्किएका भए पनि चैतयता घर आएका व्यक्तिको मात्र र्‍यापिड डाइग्नोस्टिक टेष्ट गर्न लागिएको हो ।

विदेशबाट घर फर्किएका उनीहरु अधिकांशलाई होम क्वारेन्टाइनमै राखिएका छन् । स्थानीय तहका जनप्रतिनिधिले होम क्वारेन्टाइन भन्दै घरैमा बस्न दिएपछि जिल्लामा निर्माण गरिएका क्वारेन्टाइनमा बस्नेको सङ्ख्या न्यून देखिएको छ ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा ३०४ श्ययाको क्वारेन्टाइन र १३ श्ययाको आइसोलेशन वार्ड निर्माण गरिएको छ । जिल्लाका हरेक स्थानीय तहले आ–आफ्नो क्षेत्रमा क्वारेन्टाइन निर्माण गरे पनि हालसम्म विदेशबाट फर्किएका २४ जना व्यक्तिमात्र क्वारेन्टाइनमा बसेका छन् ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  ८ : २८ बजे

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले