विदेशबाट फर्किएका १२० जनाको र्‍यापिड परीक्षण गरिँदै « Khabarhub

विदेशबाट फर्किएका १२० जनाको र्‍यापिड परीक्षण गरिँदै


३ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- खोटाङमा वैदेशिक रोजगारको सिलसिलामा विभिन्न देशबाट जिल्ला फर्किएका १२० जनाको र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटी) शुरु गरिँदै छ ।

प्रदेश सरकारले १२० वटा किट पठाएलगत्तै पहिलो चरणमा चैतयता घर फर्किएका १२० व्यक्तिको र्‍यापिड डाइग्नोस्टिक टेष्ट गर्ने व्यवस्था मिलाइएको हो ।

विदेशबाट घर फर्किएका व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण भए÷नभएको थाहा पाउन आजदेखि सम्बन्धित पालिकामै पुगेर र्‍यापिड डाइग्नोस्टिक टेष्ट शुरु गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिक्देलले जानकारी दिए ।

र्‍यापिड डाइग्नोस्टिक टेष्ट गर्न जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङ, प्रजिअ शालिग्राम शर्मा पौडेल, सुरक्षा निकायका प्रमुख, जिल्ला अस्पतालका स्वास्थ्यकर्मी लगायतको टोली जन्तेढुङ्गा गाउँपालिका प्रस्थान गरेको छ ।

वैशाख ५ गतेसम्ममा बराहपोखरी, जन्तेढुङ्गा, खोटेहाङ र दिप्रुङ चुइचुम्मा गाउँपालिका फर्किएकाको र्‍यापिड डाइग्नोस्टिक टेष्टको काम पूरा गरिने स्वास्थ्य कार्यालयका प्रमुख सिग्देलले बताए ।

प्रजिअ पौडेल संयोजकत्वको कोभिड क्राइसिस मेजेनमेन्ट कमिटीको बैठकले यही वैशाख ६ गते ऐँसेलुखर्क र वैशाख ७ गते केपिलासगढी गाउँपालिकामा गएर र्‍यापिड परीक्षण गर्ने निर्णय गरेको छ ।

उक्त कमिटीले वैशाख ८ गते हलेसी तुवाचुङ नगरपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका तथा वैशाख ९ गते साकेला गाउँपालिकामा र्‍यापिड डाइग्नोस्टिक टेष्ट गर्ने तालिका तयार पारेका जनाइएको छ ।

रावाबेँसी गाउँपालिकामा चैत लागेपछि विदेशबाट कोही पनि फर्किएका छैनन् भने बराहपोखरी गाउँपालिकामा चैत लागेयता विदेशबाट एकजनामात्र फर्केको तथ्याङ्क छ ।

दश स्थानीय तह रहेको जिल्लामा चैतअघि घर फर्किएका र काठमाडौँबाट घर फर्किएका व्यक्तिको उक्त टेष्ट गर्न पुनः परीक्षण किट माग गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन थालेपछि विदेशबाट १४० जना घर फर्किएका भए पनि चैतयता घर आएका व्यक्तिको मात्र र्‍यापिड डाइग्नोस्टिक टेष्ट गर्न लागिएको हो ।

विदेशबाट घर फर्किएका उनीहरु अधिकांशलाई होम क्वारेन्टाइनमै राखिएका छन् । स्थानीय तहका जनप्रतिनिधिले होम क्वारेन्टाइन भन्दै घरैमा बस्न दिएपछि जिल्लामा निर्माण गरिएका क्वारेन्टाइनमा बस्नेको सङ्ख्या न्यून देखिएको छ ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा ३०४ श्ययाको क्वारेन्टाइन र १३ श्ययाको आइसोलेशन वार्ड निर्माण गरिएको छ । जिल्लाका हरेक स्थानीय तहले आ–आफ्नो क्षेत्रमा क्वारेन्टाइन निर्माण गरे पनि हालसम्म विदेशबाट फर्किएका २४ जना व्यक्तिमात्र क्वारेन्टाइनमा बसेका छन् ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  ८ : २८ बजे

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग

अन्तराष्ट्रिय डेरी एक्स्पो २५ गतेदेखि भरतपुरमा आयोजना हुने

काठमाडौं– अन्तराष्ट्रिय डेरी एक्स्पो २०८२, पुस २५ गतेदेखि चितवनको भरतपुरमा