कोभिड कोषमा प्राधिकरणको एक करोड सहयोग « Khabarhub

कोभिड कोषमा प्राधिकरणको एक करोड सहयोग


३ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले कोभिड-१९ सङ्क्रमण रोकथाम नियन्त्रक तथा उपचार कोषमा एक करोड रुपैयाँ सहयोग गरेको छ ।

प्राधिकरणका महानिर्देशक राजन पोखरेलले आज कोभिड-१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजकसमेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई हस्तान्तरण गरेका हुन ।

सिंहदरबारमा आज आयोजित एक कार्यक्रमबीच सहयोग रकमको चेक उपप्रधानमन्त्री पोखरेललाई हस्तान्तरण गरिएको महानिर्देशक पोखरेलले जानकारी दिए ।

प्राधिकरणले कोभिडको सङ्क्रमण नियन्त्रण तथा उपचारका लागि सरकारको अभियानलाई सहयोग पुर्‍याउन संस्थागत रुपमा सहयोग गरिएको उल्लेख गरेको छ ।

प्राधिकरणले यसअघि कर्मचारीका तर्फबाट ५१ लाख सात हजार सहयोग गरेको पनि महानिर्देशक पोखरेलले बताए ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  ८ : ५५ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु