दोलखामा २७ जनाको र्‍यापिड टेस्ट रिपोर्ट नेगेटिभ, तीन जनाको ‘स्वाब’ धुलिखेल पठाइयो  « Khabarhub

दोलखामा २७ जनाको र्‍यापिड टेस्ट रिपोर्ट नेगेटिभ, तीन जनाको ‘स्वाब’ धुलिखेल पठाइयो 


३ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोलखा- दोलखाका विभिन्न तीन स्थानका २७ जनामा गरिएको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

जिल्लाको ३ स्थानीय तहले विदेशबाट आएर १४ दिन कटेको र २१ दिन नपुगेकालाई बुधबार आरडीटी प्रविधिबाट परीक्षण गरेकोमा २७ जनाको रिपोर्ट नेगेटिभ आएको हो ।

बुधबार चरिकोट प्राथमिक स्वास्थ्य केन्द्र, कालिञ्चोक गाउँपालिका–२, बाबरे र ३ लामिडाँडाको स्वास्थ्य इकाइले २७ जनामा गरेको आरडीटी प्रविधिमार्फत एण्टिबडी जाँच गर्दा सबैको रिपोर्ट नेगेटिभ देखाएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख एवम् जिल्ला विपद् व्यवस्थापन समितिका सूचना अधिकारी विभुकुमार झाले जानकारी दिए ।

सदरमुकाम चरिकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा २, कालिञ्चोक गाउँपालिका–२, बाबरेमा १४ र वडा नं. ३ लामिडाँडाको पोखरेमा ११ जना गरी कुल २७ जनाको आरडीटी प्रविधिबाट एण्टिबडी जाँच गरिएको सूचना अधिकारी झाले जनाए ।

भक्तपुरको सनसिटीबाट केही समयअघि दोलखा आएका तामाकोशी गाउँपालिकाका एक महिला र दुई पुरुषको स्वाव परीक्षणको लागि बुधबार नै धुलिखेल अस्पताल पठाइएको उनले बताए । विहीबारसम्म उनीहरुको रिपोर्ट प्राप्त हुने सूचना अधिकारी झाले जानकारी दिए ।

प्रकाशित मिति : ३ बैशाख २०७७, बुधबार  ९ : ५८ बजे

शासकीय सुधारका लागि सरकारले सार्वजनिक गर्‍यो सय कार्यसूची (पूर्णपाठ)

काठमाडौं – नेपाल सरकारले शासकीय सुधारलाई तीव्र बनाउने उद्देश्यसहित १००

बालेन सरकारको निर्णय : संघीय मन्त्रिपरिषद् २५ बाट १७ मा झार्ने, दलीय ट्रेड युनियन खारेज गर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बालेन्द्र शाह नेतृत्वको सरकारले

ओली–लेखक पक्राउ : पूर्णबहादुर खड्काले निकाले छुट्टै विज्ञप्ती

काठमाडौं – नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति संघर्ष अहिले थप सतहमा

पूरा हुनेभयो कृष्णबहादुरको ‘ओत लाग्ने सपना’

इलाम – हरेक हावाहुरीसँगै कृष्णबहादुर लिम्बूको मनमा टाँटीको घर उड्ला

आज पनि काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा

काठमाडौं – आज पनि काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा भएको