उदयपुरमा चट्याङ लागेर एक जनाको मृत्यु « Khabarhub

उदयपुरमा चट्याङ लागेर एक जनाको मृत्यु


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर- उदयपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा उदयपुर जिल्लाको कटारी नगरपालिका–३ राजावासका ६१ वर्षीय लिबहादुर सुनुवार रहेका छन् ।

बिहीबार दिउँसो जङ्गलमा गाईवस्तु चराउन गएका सुनुवार साँझपख घर फर्कने क्रममा घर नजिकैको खोलामा आउँदै गर्दा अचानक हावाहुरीसँगै परेको चट्याङका कारण उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

चटयाङले सुनुवारको छाती डढेको छ । गाईवस्तु साँझ घर पुगे पनि सुनुवार खोलामै मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रेमसागर केसीले बताए । उनले शव परीक्षणका लागि कटारी अस्पतालमा राखिएको जानकारी दिए ।

 

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  ७ : ४७ बजे

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न