सरकारको नीति तथा कार्यक्रम आज आउदै, रोजगारी र स्वास्थ्य क्षेत्र प्राथमिकतामा « Khabarhub

सरकारको नीति तथा कार्यक्रम आज आउदै, रोजगारी र स्वास्थ्य क्षेत्र प्राथमिकतामा

४ बजे राष्ट्रपतिले संसदमा सम्बोधन गर्ने


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले रोजगारी र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर तयार गरेको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक) मा अपराह्न ४ बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन् ।

संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार नीति तथा कार्यक्रम प्रस्तुत हुनु अगावै ३:४५ बजे सबै सांसदलाई बैठक कक्षमा उपस्थितिका लागि अनुरोध गरिएको छ ।

कोरोना भाइरसको संक्रमणको जोखिम रहेकाले सामाजिक दूरी कायम हुने गरी बैठक कक्षमा बस्ने व्यवस्था मिलाइएको छ । प्रतिनिधिसभामा २ सय ७५ र राष्ट्रियसभामा ५९ सांसद छन् ।

सामाजिक दूरी कायम राख्नुपर्ने भएकाले कतिपय सांसदलाई बाल्कुनीमा समेत बस्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

संक्रमणको जोखिम उच्च भएकाले यस पटकको नीति तथा कार्यक्रममा २९ जना अतिथिलाई मात्रै निमन्त्रणा गरिएको छ ।

संबैधानिक निकायका प्रमुख लगायतका उच्च सरकारी अधिकारीलाई बोलाइए पनि कुटनीतिक नियोगका प्रतिनिधिलाई यस पटक नबोलाइएको उनले बताएका छन् ।

जोखिमलाई ध्यानमा राखेर संसद् भवनमा पीसीआर परीक्षण नभएकाहरूलाई प्रवेशमा निषेध गरिएको छ ।

कोरोना भाइरस संक्रमणले मुलुक आक्रान्त भइरहेका बेला सरकारले नीति तथा कार्यक्रममा रोजगारी र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता राखेको बताइएको छ ।

नीति तथा कार्यक्रममा यसपटक नयाँ कार्यक्रम नआउने तथा स्वास्थ्य रोजगारीलाई प्राथमिकता दिएर बजेट तय गरिने अर्थमन्त्री डा.युवराज खतिवडाले यसअघि नै जनाउ दिइसकेका छन् ।

सो नीति तथा कार्यक्रमका आधारमा जेठ १५ गते आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट आउने छ ।

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  ७ : ५७ बजे

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न