कोरियामा एक नेपालीको सुतेकै अवस्थामा मृत्यु | Khabarhub Khabarhub

कोरियामा एक नेपालीको सुतेकै अवस्थामा मृत्यु


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ख्यङ्जु- इपिएस प्रणालीमार्फत रोजगारीको सिलसिलामा दक्षिण कोरिया आएका एक नेपालीको मृत्यु भएको छ ।

दक्षिण कोरियाको ख्यङ्जु शहर नजिकै एक कम्पनीमा कार्यरत स्याङ्जाका ३३ वर्षीय खड्काबहादुर थापाको मङ्गलबार साँझ मृत्यु भएको हो ।

विगत सात वर्षदेखि कोरियामा कार्यरत थापा, कम्पनीको ‘नाइटड्युटी’ सकेर मङ्गलबार बिहान ९ बजेतिर सुतेका थिए ।

कोठामा एक्लै सुत्ने गरेका थापा साँझको ६ बजेसम्म पनि नउठेपछि कम्पनीमा सँगै काम गर्ने साथीले हेर्न जाँदा मृतावस्थामा फेला परेका थिए । लगत्तै उनीहरूले दक्षिण कोरियाको प्रहरीलाई खबर गरेका थिए ।

उक्त कम्पनीमा खड्काबहादुर थापासहित पाँच नेपाली र तीन चिनियाँ कामदार रहेको मृतकका सहकर्मीले जानकारी दिए ।

मृतक थापाको शव ख्यङ्जु नजिकै शवगृहमा राखिएको छ । घटनाको आवश्यक छानबिन र मृतकको शव व्यवस्थापनका बारेमा परिवारसँग सल्लाह गरिने कोरियाका लागि कार्यवाहक नेपाली राजदूत रामसिंह थापाले जानकारी दिए।

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  १२ : ०३ बजे

इलाम अपडेट : एमाले ६४०३, कांग्रेस ४७८० (सूचीसहित)

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

आज २०८१ साल वैशाख १७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १७ गते सोमबार तदनुसार

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई