प्रदेश नं २मा स्वाब सङ्कलनको दायरा बढाइयो « Khabarhub

प्रदेश नं २मा स्वाब सङ्कलनको दायरा बढाइयो


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर- प्रदेश नं २ कोरोना सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएपछि स्वाबको नमूना सङ्कलन साथै कन्टयाक्ट ट्रेसिङको दायरा बढाइएको छ । ती दुवै कार्यमा तीव्रता ल्याउन काठमाडौँबाट विशेष टोली यहाँ आइपुगेपछि दायरा बढाइएको हो ।

गत वैशाख ३० र ३१ गते कोरोना पुष्टि भएका ६० जनाको सम्पर्कमा आएका ३७० जनाको क ट्रेसिङ गरी स्वाबको नमूना सङ्कलन कार्य भइरहेको समाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले जानकारी दिए ।

यसका साथै वीरगञ्जबाट फरार भएका दुई सङ्क्रमितमध्येका ४४ वर्षीय एक व्यक्तिमा मोटरसाइकलमा चढेर धुबिनीगाउँ पुगेको जनाइएको छ । सो मोटरसाइकल चालक सहित छ जना आफन्तको पनि स्वाबको सङ्कलन गरिने भएको छ । अर्को व्यक्ति कसैको सम्पर्क नआएको बताइएको छ । दुवै जनालाई पक्राउ गरी पुनः भर्ना गरिएको छ ।

राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालमा बिहीबारदेखि स्वाबको नमूना सङकलन भइरहेको छ । यसका साथै सप्तरीको खड्गपुर, राजगढ र तीलाठी–कोइलाडी गाउँपालिकामा पनि नमूना सङ्कलन गरिनेछ । सर्लाहीका ४५ वर्षीय सङ्क्रमितको सम्पर्कमा आएका तीन जनाको नमूना लिइसकिएको उहाँले जानकारी गराउनुभयो । धनुषा र महोत्तरीको जोखिम क्षेत्र पहिचान गरी स्वाब सङ्कलन गरिनेछ ।

सिरहा जिल्लामा भारतबाट लुकीछिपी प्रवेश गर्नेहरुको सङ्ख्यामा वृद्धि भइरहेकाले यसतर्फ स्थानीय समुदायलाई निगरानी गर्न र प्रवेश गरेका व्यक्तिलाई नजिकको क्वारेन्टाइनमा राख्न जोड दिइएको छ । प्रदेशमा बिहीबारसम्ममा चार हजार ६०० जनाको स्वाब सङ्कलन गरिएको छ । सोमध्ये तीन हजार ७२९ को रिपोर्ट नेगेटिभ आएको छ भने ७७४ जनाको रिपोर्ट आउन बाँकी छ ।

वीरगञ्जस्थित नारायणी अस्पतालमा ६३ र वीरगञ्जस्थित स्कूलको आइसोलेसनकक्षमा आठ जनाको उपचार भइरहेको सचिव डा घिमिरेले बताउनुभयो । यस प्रदेशमा हालसम्म ९९ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भइसकेको छ ।

पर्सामा सबैभन्दा बढी ८२, रौतहट, बारा र धनुषामा तीन–तीन र महोत्तरी र सर्लाहीमा दुई–दुई कोरोना सङ्क्रमित छन् । अन्य तीन जना भारतीय हुन् । सो सङ्क्रमितमध्ये वीरगञ्जका दुई र जनकपुरका एक गरी तीन सञ्चारकर्मी पनि कोरोनाबाट सङ्क्रमित भएको जनाइएको छ ।

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  २ : १० बजे

म्याग्दीमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सुरु

म्याग्दी– बेनीस्थित खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले जिल्लामै

एसियाली खेलकुद : क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण

कास्की– जापानको आइची–नागोया क्षेत्रमा आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म

मध्यराति मोदीखोलामा भीषण बाढी: दुई वटा पुल बगे, मन्दिरमा फसेका तीन जनाको उद्धार जारी

कास्की – कास्की र पर्वतको सीमाना भएर बग्ने मोदीखोलामा बिहीबार

इरानविरुद्ध अनिश्चितकालीन नाकाबन्दी लगाउन सकिने अमेरिकाको चेतावनी

काठमाडौँ – अमेरिका र इरानबिच जारी द्वन्द्व थप उत्कर्षमा पुगेको

खोटाङ प्रहरीको एक वर्ष : २०६ मुद्दा दर्ता, ८४ फछ्रर्योट

खोटाङ– जिल्ला प्रहरी कार्यालय खोटाङले आर्थिक वर्ष २०८२-८३ मा २०६