कोरोना संकटको अग्रपंक्तिमा खटिनेप्रति राष्ट्रपतिद्वारा आभार प्रकट « Khabarhub

कोरोना संकटको अग्रपंक्तिमा खटिनेप्रति राष्ट्रपतिद्वारा आभार प्रकट


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कोरोना भाइरस संक्रमणको अग्रपंक्तिमा खटिनेप्रति आभार प्रकट गरेकी छिन् ।

उनले यस असहज अवस्थामा नोपलको राष्ट्रिय हित नै पहिलो प्राथमिकता रहेको बताइन् । उनले कोभिड–१९ का कारण विश्वमै संकट उत्पन्न भएको बताउँदै यस महामारीबट लाखौं मानिसको ज्यान गइसकेको बताइन् । उनले महामारीबाट ज्यान गुमाउने सबैमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै बिरामीहरुको शीर्घ स्वास्थ्य लाभको कामना गरेकी छिन् ।

कोभिड–१९ ले अर्थ व्यवस्थामा धक्का पु¥याएको बताइन् । उत्पादन र वितरण प्रणाली गम्भीर बनेको, लाखौंको रोजगारी गुमेको तथा व्यवधान उत्पन्न भएको जनाइन् ।  यो अदृश्य दुश्मनविरुद्ध विश्व समुदाय लडिरहेको छ । यसलाई पराजित गर्न ऐक्यवद्धता र आशावादको खाँचो  रहेको जनाइन्छ।

गुमेको मानव जीवनको पुनः प्राप्ति हुन नसक्ने बताउँदै मानवीय पुँजी समेत अपूरणयी हुन पुगेको बताइन् । कोभिड– १९  को संक्रमण नेपालमा फैलिएको भए पनि अहिलेसम्म जीवनरक्षा गर्न सफल भएको बताइन् ।

यस महामारीमाथि विजयी हासिल गर्न एकता आवश्यक रहेको बताउँदै रोकथामका लागि सरकारकाले चालेको कदममा साथ दिएकोमा धन्यवाद दिँदै सवैमा साथ दिन समेत आह्वान गरिन् ।

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  ४ : २८ बजे

लक्ष्मीपुरमा कृषि तथा पोषण मेला

सिरहा– स्थानीय उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको लक्ष्मीपुरपतारी गाउँपालिकास्थित लक्ष्मीपुरपतारीमा

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा शुक्रबार बिहान ११ बजे

अमेरिका–इरानबीच फेरि तनाव, दुवै पक्षबाट आक्रमण

काठमाडौं– अमेरिका र इरानबीच भएको एक महिनाअघि सम्पन्न युद्धविरामपछि फेरि

प्रधानन्यायाधीश सिफारिसमा पोखरेलको टिप्पणी– ‘सरकार न्यायालयलाई नियन्त्रणमा राख्न खोज्दैछ’

काठमाडौँ– नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले संवैधानिक परिषद्को पछिल्लो निर्णय

यातायात व्यवसायी महासंघको महाधिवेशनका लागि मन्त्री लम्सालको शुभकामना

काठमाडौं– भौतिक पूर्वाधारमन्त्री सुनील लम्सालले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघद्वारा