नीति तथा कार्यक्रम : सरकारको पहिलो प्राथमिकता ‘कोरोनामुक्त नेपाल’ « Khabarhub

नीति तथा कार्यक्रम : सरकारको पहिलो प्राथमिकता ‘कोरोनामुक्त नेपाल’


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारको पहिलो प्राथमिकता कोरोनामुक्त नेपाल रहेको राष्ट्रपति विद्यादेवि भण्डारीले बताएकी छन्।

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदमा पेश गर्दै राष्ट्रपति भण्डारीले कोरोना महामारीका कारण नेपाल लगाएतका देशको अर्थतन्त्रमा समेत संक्चुन आउने अबस्था मुल्याङ्कन गरेको बताइन् ।

उनले विश्व अर्थतन्त्रको संरचनाको परिवर्तनको हुनसक्ने मुलुकहरुको आयमा कमी आउने र दाता राष्ट्रको समेत आयमा कमी हुने भएकाले अधिकतम आन्तरिक स्रोतको परिचालन गर्ने नीति लिने बताइन् ।

अर्थतन्त्रलाई उत्पादनशील बनाउने, सामाजिक जनजिनवनमा क्षति हुन नदिने काम गर्ने, स्वास्थ्य शिक्षा लगाएतका क्षेत्रका स्वस्थ, शिक्षित गतिशिल सामाजिक जिवनको स्थापना गर्ने, समग्रह सन्तुलित विकासका लागि सरकारले शुरु गरेको रुपान्तरणकारी आयोजना तोकिएकै समयमा सम्पन्न गर्ने सरकारको नीति तथा कार्यक्रम रहेको उनले बताइन् ।

फजुल खर्च रोक्ने, वित्तिय अनुशासन कायम गर्ने, बेरोजगारी अन्त्यका लागि लगानी गर्ने, वैदेशिक रोजगारी गुमाएकाहरुलाई स्वदेशमै रोजगारीको व्यवस्था गर्ने, भ्रष्टाचार नियन्त्रण गरी शुसासन प्रवर्धन गर्ने, र नेपाललाई कोरोना महामारी मुक्त देश बनाउने यो सरकारको पहिलो प्राथमिकता भएको राष्ट्रपति भण्डठारीले बताइन् ।

कोरोना महामारी रोक्न स्वास्थ्य सजगताका लागि पालना गर्ने, परीक्षणलाई व्यापक बनाउने उनले बताइन् । नेपालीको रोगप्रतिरोधात्मक क्षमता विकास गर्ने सरकारको लक्ष्य रहेको समेत उनले बताइन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको दृष्टिकोण स्पष्ट र गन्तव्य निश्चित रहेको भन्दै लक्ष्यहरु पनि निर्धारित रहेको बताएकी छिन् ।

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  ४ : ५६ बजे

रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

रोल्पा– रोल्पाको सुनछहरि गाउँपालिका–२ स्थित फलबाङ गाउँमा बिहीबार राति पहिरोले

झापाका किसानलाई मलको अभाव नहुने

भद्रपुर– कृषि सामग्री कम्पनी लिमिटेडले जिल्लामा मलको आपूर्ति निरन्तर गरिरहेको

होल्डिङ सेन्टरमा मृत्यु प्रकरण : शव टिचिङमा, परिवारले सरकारसँग राखे १२ बुँदे माग

काठमाडौं – वैकल्पिक व्यवस्थाबिनै घरटहरा भत्काएर विस्थापित गरिएका हिरालाल हजारा

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौं– इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने नुवाकोटका

२२ करोडको बुटवल वधशाला बन्द, घाँसले ढाकिँदै संरचना (तस्बिरहरू)

बुटवल- सरकारले देशभर पशु वधशाला तथा मासु जाँचसम्बन्धी व्यवस्था चरणबद्ध रूपमा