हरेक स्थानीय तहमा १५ शय्याको अस्पताल बनाइने | Khabarhub Khabarhub

हरेक स्थानीय तहमा १५ शय्याको अस्पताल बनाइने


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  सरकारले हरेक स्थानीय तहमा १५ शय्यासम्मको अस्पताल बनाउने घोषणा गरेको छ ।

सरकारको नीति तथा कार्यक्रम संसदमा पेश गर्दे राष्ट्रपति विद्यादेवि भण्डारीले हरेक स्थानीय तहमा १५ शय्यासम्मको अस्पताल बनाउनेगरी बजेटको व्यवस्था गर्ने बताइन् ।

त्यस्तै प्रदेशस्तरमा रहेका जिल्ला अस्पतालहरुलाई २५ देखि ५० शैयासम्मका बनाउने र अञ्चल अस्पताललाई २ सय शैयाको जनरल अस्पतालमा स्तारोन्नती गरिने समेत बताइन् ।

चालू आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा ‘मेरो सरकार’ भनेकी राष्ट्रपति भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई भने ‘यो सरकार’ भनेकी छन् ।

मेरो सरकार भनेको भनेर संसदमै समेत प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध गरेको थियो भने चौतर्फी आलोचना समेत भएको थियो ।

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  ५ : ०२ बजे

विमानस्थल बन्द हुँदा कतार एयरको जहाज आकाशमै फनफनी

काठमाडौं – त्रिभुवन विमानस्थलमाथिको आकासमा कतार एयरवेजको जहाजले ३३ फन्को

ब्राजिलमा आँधीका कारण पाँच जनाको मृत्यु, १३० घाइते

ब्रासिलिया – दक्षिणी ब्राजिलकका विभिन्न भागहरूमा शुक्रबार आएको आँधीका कारण

लागूपदार्थ सेवन गरी सवारीसाधन चलाउने पाँच जना नियन्त्रणमा

काठमाडौं – ट्राफिक प्रहरीले लागूपदार्थ सेवन गरी सार्वजनिक सवारीसाधन चलाउने

प्रधानमन्त्री कप बैतडी छनोटः जनसेवाको उत्कृष्ट सुरुआत

बैतडी – प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको बैतडी छनोट

वर्षाले देशभर कृषि र पशुपन्छी क्षेत्रमा तीन अर्ब ५५ करोडको क्षति

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत असोजमा भएको