युवाहरुलाई उद्यमशील बनाउन पूँजी उपलब्ध गराइने | Khabarhub Khabarhub

युवाहरुलाई उद्यमशील बनाउन पूँजी उपलब्ध गराइने


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आगामी आर्थिक वर्षदेखि वैदेशिक रोजगारीबाट फर्केका दक्ष युवाहरुलाई उद्यमशील बनाउने भन्दै सरकारले सुरुवाती पुँजी उपलब्ध गराउने घोषणा गरेको छ ।

संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सरकारले उद्यमशील बन्न चाहने युवाहरुलाई पूँजी उपलब्ध गराउने घोषणा गरेकी हुन् ।

नयाँ उद्यम गर्न सरकारले युवाहरुलाई पनि सुरुवाती पुँजी उपलब्ध गराउने र नवप्रर्वतनात्मक स्टार्ट अप युवा उद्यमीलाई सुरुवाती पुँजी उपलब्ध गराईने भएको हो ।

पर्याप्त आन्तरिक रोजगारी नभइसकेको अवस्थामा कोभिड–१९ का कारण आन्तरिक रोजगारी घट्ने र वैदेशिक रोजगारी समेत घट्ने भएकाले युवाहरुलाई कृषि तथा सेवा क्षेत्रमा लगाउने नीति समेत सरकारको छ ।

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  ५ : ३९ बजे

मकैमा कीराको सङ्क्रमणले किसान चिन्तित

राँझा– बाँकेमा लगाइएको मकैबालीमा रोग तथा कीराको प्रकोप बढ्दै गएपछि

यस्तो छ ‘मनसरा’ को गीत ‘एक तार मनको’

काठमाडौं- प्रदर्शनरत फिल्म ‘मनसरा’को गीत ‘एक तार मनको’ सार्वजनिक भएको

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युत आयोजनाको निर्माण प्रभावित

काठमाडौं– प्राथमिक (आईपीओ)रहकप्रद शेयर निष्कासनका लागि आवेदन दिएका २७ सहित

पानी नपर्दा अदुवा उत्पादक कृषक मारमा

तनहुँ– समयमा नै पानी नपरेपछि समय घर्किने भयले अदुवा उत्पादक

सरकारसँगको प्रतिबद्धतापछि रुसी सेनामा कार्यरत नेपाली परिवारको अनसन स्थगित 

काठमाडौं– रुसी सेनामा रहेका आफन्त फिर्ता ल्याइदेऊ भन्दै आमरण अनसन