युवाहरुलाई उद्यमशील बनाउन पूँजी उपलब्ध गराइने « Khabarhub

युवाहरुलाई उद्यमशील बनाउन पूँजी उपलब्ध गराइने


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आगामी आर्थिक वर्षदेखि वैदेशिक रोजगारीबाट फर्केका दक्ष युवाहरुलाई उद्यमशील बनाउने भन्दै सरकारले सुरुवाती पुँजी उपलब्ध गराउने घोषणा गरेको छ ।

संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सरकारले उद्यमशील बन्न चाहने युवाहरुलाई पूँजी उपलब्ध गराउने घोषणा गरेकी हुन् ।

नयाँ उद्यम गर्न सरकारले युवाहरुलाई पनि सुरुवाती पुँजी उपलब्ध गराउने र नवप्रर्वतनात्मक स्टार्ट अप युवा उद्यमीलाई सुरुवाती पुँजी उपलब्ध गराईने भएको हो ।

पर्याप्त आन्तरिक रोजगारी नभइसकेको अवस्थामा कोभिड–१९ का कारण आन्तरिक रोजगारी घट्ने र वैदेशिक रोजगारी समेत घट्ने भएकाले युवाहरुलाई कृषि तथा सेवा क्षेत्रमा लगाउने नीति समेत सरकारको छ ।

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  ५ : ३९ बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा

कर्णाली – सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

नेपालको कमजोर प्रदर्शन जारी, नेदरल्यान्ड्सले सजिलै हरायो

काठमाडौं – आईसीसी विश्वकप लिग २ अन्तर्गतको एक दिवसीय खेलमा

बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा

झापा – यहाँको अर्जुनधारा नगरपालिका र नेपाल रेडक्रस सोसाइटी झापा

मध्यपूर्वको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस

संयुक्त राष्ट्रसङ्घ – मध्यपूर्वमा जारी द्वन्द्वले क्षेत्रलाई ‘कल्पनाभन्दा बाहिर’ पु-याएको

अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी

वासिङ्गटन – यमनका हुथी विद्रोहीहरूले ढुवानी जहाजहरूमाथि गरेको आक्रमणको लागि