काेराेना भाइरसविरुद्धको खाेप निर्माणमा अक्सफाेर्ड विश्वविद्यालयलाई सफलता « Khabarhub

काेराेना भाइरसविरुद्धको खाेप निर्माणमा अक्सफाेर्ड विश्वविद्यालयलाई सफलता


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अक्सफाेर्ड विश्वविद्यालयले कोरोना भाइरस विरुद्धको खोप निर्माणमा सफलता पाएको दाबी गरेको छ ।

अमेरिका र बेलायतका केही शाेधकर्ताहरुले समाचार एजेन्सी राेयटर्ससँग अक्सफाेर्ड विश्वविद्यालयमा काेराेना भाइरसकाे खाेपकाे बारेमा भइरहेकाे काममा सफलता मिलेको बताएका हुन् ।

उनीहरुले सुरुवाती निष्कर्ष आशाजनक भएकाे बताएका छन् । ‘शाेधकर्ताहरुले ६ वटा बाँदरकाे एक समूहमा याे खाेपकाे प्रयाेग गरेका थिए र अहिले त्याे खाेपले काम गरिरहेकाे छ ।’

अब याे खाेप मानिसमा समेत परीक्षण गरिने जनाइएको छ । बेलायतकाे औषधि निर्माता एझेडएनएलले गएकाे महिना अक्सफाेर्ड भ्याक्सिन ग्रुप र जेनर इन्स्टिच्युटका साेधकर्ताहरुसँग मिलेर काेराेना भाइरसकाे खाेपकाे बारेमा काम सुरु गरिएकाे बताएकाे थियाे ।

शाेधकर्ताहरुले आफ्नाे रिपाेर्टमा भनेका छन्– ‘६ वटा बाँदरलाई भारी डाेज दिनुअघि याे खाेप लगाइएकाे थियाे । याे खाेपबाट केही बाँदरकाे शरीरमा एन्टिबडी विकसित हुन १४ दिन र केहीमा २८ दिन लाग्याे ।’

शाेधकर्ताहरुकाे अनुसार, ‘काेराेना भाइरसकाे सम्पर्कमा आएपछि याे खाेपले ती बाँदरहरुकाे फाेक्साे क्षति हुनबाट बचायाे शरीरमा भाइरसकाे कपी बन्न र बढ्न राेकियाे । तर भाइरस अहिले पनि नाकमा सक्रिय देखिएकाे छ ।’

खाेप विकसित गर्ने प्रक्रियामा बाँदरमाथि सफल हुनु निकै महत्वपूर्ण मानिएको छ ।

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  ८ : २७ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका