काेराेना भाइरसविरुद्धको खाेप निर्माणमा अक्सफाेर्ड विश्वविद्यालयलाई सफलता « Khabarhub

काेराेना भाइरसविरुद्धको खाेप निर्माणमा अक्सफाेर्ड विश्वविद्यालयलाई सफलता


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अक्सफाेर्ड विश्वविद्यालयले कोरोना भाइरस विरुद्धको खोप निर्माणमा सफलता पाएको दाबी गरेको छ ।

अमेरिका र बेलायतका केही शाेधकर्ताहरुले समाचार एजेन्सी राेयटर्ससँग अक्सफाेर्ड विश्वविद्यालयमा काेराेना भाइरसकाे खाेपकाे बारेमा भइरहेकाे काममा सफलता मिलेको बताएका हुन् ।

उनीहरुले सुरुवाती निष्कर्ष आशाजनक भएकाे बताएका छन् । ‘शाेधकर्ताहरुले ६ वटा बाँदरकाे एक समूहमा याे खाेपकाे प्रयाेग गरेका थिए र अहिले त्याे खाेपले काम गरिरहेकाे छ ।’

अब याे खाेप मानिसमा समेत परीक्षण गरिने जनाइएको छ । बेलायतकाे औषधि निर्माता एझेडएनएलले गएकाे महिना अक्सफाेर्ड भ्याक्सिन ग्रुप र जेनर इन्स्टिच्युटका साेधकर्ताहरुसँग मिलेर काेराेना भाइरसकाे खाेपकाे बारेमा काम सुरु गरिएकाे बताएकाे थियाे ।

शाेधकर्ताहरुले आफ्नाे रिपाेर्टमा भनेका छन्– ‘६ वटा बाँदरलाई भारी डाेज दिनुअघि याे खाेप लगाइएकाे थियाे । याे खाेपबाट केही बाँदरकाे शरीरमा एन्टिबडी विकसित हुन १४ दिन र केहीमा २८ दिन लाग्याे ।’

शाेधकर्ताहरुकाे अनुसार, ‘काेराेना भाइरसकाे सम्पर्कमा आएपछि याे खाेपले ती बाँदरहरुकाे फाेक्साे क्षति हुनबाट बचायाे शरीरमा भाइरसकाे कपी बन्न र बढ्न राेकियाे । तर भाइरस अहिले पनि नाकमा सक्रिय देखिएकाे छ ।’

खाेप विकसित गर्ने प्रक्रियामा बाँदरमाथि सफल हुनु निकै महत्वपूर्ण मानिएको छ ।

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  ८ : २७ बजे

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र