काठमाडौंका ७ वर्षीय बालकसहित थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित २६७ पुगे « Khabarhub

काठमाडौंका ७ वर्षीय बालकसहित थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित २६७ पुगे


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज साँझ थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २६७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्यावधिक विवरण जारी गर्दै आज साँझ थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ। जसमा पर्साका ४ जना, दाङका ३ जना , काठमाडौंका १ जना र उदयपुरका १ जना रहेका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा नयाँ पुष्टि भएकाहरुको संख्या ९ रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिए ।

पर्सा बीरगंज निवासी ९ र १० वर्षीय बालक, २३ र ४७ वर्षीय महिला, उदयपुर त्रियुगा नगरपालिकाका २५ वर्षीय पुरुष, दाङको गढवा-४, ५ र तुलसीपुर ७ निवासी २३, ३६ र ३४ वर्षीय पुरुष र काठमाडौं सतुगंगलका ७ वर्षीय बालकमा शुक्रबार साँझ कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

यसअघि आज विहान पनि थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । शुक्रबार मात्रै योसँगै १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्ति

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  ८ : ३६ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका