उदयपुरका नयाँ कोरोना संक्रमति पत्रकार भएको खुल्यो « Khabarhub

उदयपुरका नयाँ कोरोना संक्रमति पत्रकार भएको खुल्यो


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उयदपुरमा थपिएका नयाँ संक्रमित पत्रकार भएको पाइएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीका अनुसार नयाँ थपिएका कोरोना संक्रमित व्यक्ति पत्रकार रहेका छन् ।

सुवेदीका अनुसार ती पत्रकारमा कोरोना पोजेटिभ देखिएपनि उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ ।

उनको स्वास्थ्य अवस्था सामान्य भएका कारण उनलाई आफ्नै घरमा सेल्फ आइसोलेसनमा बस्न भनिएको सुवेदीले बताए ।

उनका अनुसार उदयपुरमा २७ जना पत्रकार र केही स्वास्थ्यकर्मीको कोरोना परीक्षण गरिएको थियो । सोही क्रममा उनमा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयले शुक्रबार साँझ उदयपुरकाको त्रियुगा नगरपालिकाका २५ वर्षीया पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको थियो ।

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  ९ : ४८ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका