हत्या आरोपमा चार पक्राउ « Khabarhub

हत्या आरोपमा चार पक्राउ


१ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- गत आइतबार मृतावस्थामा फेला परेका २० वर्षीय अमित रसाइलीको हत्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

कास्की प्रहरीले आज पत्रकार सम्मेलन गरी पक्राउ परेका ४ जनालाई सार्वजनिक गरेको हो ।

प्रहरी प्रमुख दानबहादुर कार्कीले घटनाको प्रारम्भिक अनुसन्धानबाट अमितकै साथीबाटै उनको हत्या भएको जानकारी दिए ।

पक्राउ पर्नेमा सुनम गुरुङ, शंकर सुनार, मनीष श्रेष्ठ र कृष्ण सुनार छन् ।  प्रहरी उपरीक्षक कार्कीका अनुसार गत जेठ ३१ गते पोखरा –२९ पट्नेरीका युवाले नयाँ बाइक किनेको खुशीयालीमा खानपिनमा रमाउँदै गर्दा मदिराले लट्ठ परेका रसाइलीमाथि साथीहरुले नै हेल्मेट र ढुङ्गा प्रहार गरेपछि मृत्यु भएको अनुसन्धानबाट खुलेको छ ।

कास्की प्रहरीको टोलीले खोजतलास गर्नेक्रममा आइतबार बिहान ७ बजे पोखरा –३२ रातोपैरास्थित सेती खोंचमा शव फेला पारेको थियो ।

अभियुक्तलाई म्याद थप गरी कारबाही प्रक्रिया अघि बढाइने प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  ११ : ०२ बजे

अफगानिस्तानमा भएको आक्रमणको राष्ट्रसंघीय सुरक्षा परिषदद्वारा निन्दा

काठमाडौं संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले अफगानिस्तानको राजधानी काबुलस्थित एक रेस्टुरेन्टमा

पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु

नवलपरासी पश्चिम- सरावल गाउँपालिका-१ तिलकपुर बस्ने शतिश कुमार फौजदारको छोरा ८

आइसिसी वुमन्स टी-२० विश्वकप विश्व छनोट : नेदरल्यान्डसँग नेपाल पराजित

आइसिसी वुमन्स टी-२० विश्वकप विश्व छनोटमा नेपाल लगातार दोस्रो खेलमा

बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते

बैतडी – दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका–८ अनारखोलीमा ट्याक्टर

बालेनलाई सघाउन गएका युवासंघका नेता २४ घण्टामै एमालेमा फर्किए

दमक– नेकपा एमाले परित्याग गरेर बालेन शाहको टिममा गएका एक