विभिन्न स्थानमा सामान्य वर्षा, कस्तो रहला दिनभरको मौसम ? « Khabarhub

विभिन्न स्थानमा सामान्य वर्षा, कस्तो रहला दिनभरको मौसम ?


३१ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मनसुनी वायु सक्रिय रहँदा आज पनि मुलुकका विभिन्न स्थानमा सामान्य वर्षा भइरहेको छ ।

बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश १, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा अहिले हल्का वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनी न्युनचापीय रेखा नेपालको तराई भूभागबाट केही दक्षिणतिर सरेकाले दिउँसो केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ ।

आज राति प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन पनि आह्वान गरिएको छ ।

लमजुङको खुदीबजार र बेँशीसहर क्षेत्रमा भने भारो वर्षा भएकाले सो क्षेत्र आसपास भएर बहने साना खोलामा समेत आकस्मिक बहाब तथा भिरालो ठाउँमा पहिरोको जोखिम रहेकाले सतर्क रहने जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ७ : ३४ बजे

राष्ट्रियसभा बैठक बस्दै, गृह र शिक्षामन्त्रीले मन्त्रालयगत जवाफ दिने कार्यसूची

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । संसद

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना

आज साउन १५, नेपाली समाजमा खीर खाने चलन

काठमाडौँ– आज साउन पन्ध्र अर्थात् खीर खाने दिन । परापूर्वकालदेखि

हिमपहिरोमा पर्नुअघि ब्रोड पिकको ५,८९१ मिटरमा देखिएको थियो निर्मल पुर्जाको लोकेशन

काठमाडौँ– पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रोड पिकमा आएको हिमपहिरोपछि सम्पर्कविहीन

कप्तानगञ्ज घटनामा पीडित परिवारसँगको सहमतिप्रति सरकार पूर्ण प्रतिवद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले सरकार सत्य, न्याय, कानुनी शासन र