कसरी चिन्ने खाने र विषालु च्याउ | Khabarhub Khabarhub

कसरी चिन्ने खाने र विषालु च्याउ


३१ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

– वर्षायाम लागेसँगै वनपाखा, खोला र चौरमा च्याउ प्रशस्त उम्रिन्छन् । तीमध्ये कतिपयमा पौष्टिक तत्त्व प्रशस्त पाइन्छ । तर, सबै च्याउ खानयोग्य हुँदैनन्, कतिपय निकै विषालु हुन्छन् । विषालु च्याउ खाएर बर्सेनि धेरै मानिसको ज्यान जान्छ ।

– नेपालको पहाडी, तराई र दुर्गम क्षेत्रमा विषालु च्याउ खाएर मानिसको मृत्यु हुने गर्छ ।

– नेपालमा एक हजारभन्दा बढी प्रजातिका च्याउ पाइन्छन् । तीमध्ये करिब एक सय १० प्रजातिका मात्र खानयोग्य छन् । हेर्दा सबै च्याउ एकै प्रकारको देखिनाले खानयोग्य र विषालु छुट्याउन गाह्रो हुन्छ ।

– खानयोग्य च्याउको छाता छुँदा चिप्लो हुन्छ । छाता खस्रो भएको च्याउ विषालु हुन्छ । यस्तै, नमिठो गन्ध, धेरै झुस, थरीथरीका रङ र तितो स्वाद भएका च्याउ विषालु हुन्छन् ।

– छुँदा रङ परिवर्तन हुने र भाँच्दा चोप निस्कने च्याउ पनि विषालु हुन्छन् ।

– किरा नलाग्ने भएकाले विषालु च्याउ लामो समय रहिरहन्छन्, खानयोग्य च्याउ छिटै कुहिन्छन् । विषालु च्याउ हेर्दा सफा र आकर्षक देखिन्छन् ।

– भण्डारण गर्ने तरिकाबाट खानयोग्य च्याउ पनि विषाक्त हुन सक्छन् ।

– च्याउको प्रकृति, उम्रेको स्थान र भण्डारण गर्ने तरिकाअनुसार त्यसले शरीरमा गर्ने असर पनि भिन्न हुन्छन् । कतिपय च्याउ खानासाथ मृत्यु हुन्छ । कतिपय च्याउ खाएपछि बिस्तारै स्वास्थ्य समस्या देखिन्छन् ।

– विषालु च्याउ खाएपछि बान्ता, झाडापखाला, टाउको दुख्ने, रिंगटा लाग्ने लक्षण देखिन्छन् । केही बेर सन्चो भएजस्तो पनि हुन्छ ।

– च्याउको विषले सीधा कलेजोमा असर पार्छ । त्यसपछि पित्तमा पुगेर नयाँ तत्त्वको निर्माण गर्छ, जसले मिर्गौलाको काम गर्ने क्षमता घटाउँछ । अनि कलेजो र मिर्गौला फेल भएर मानिसको मृत्यु हुन्छ ।

– उमेर समूहअनुसार विषालु च्याउका असर पनि फरक हुन्छन् । बालबालिका र ज्येष्ठ नागरिकमा विषको असर छिटो पर्छ ।

– त्यसैले खानयोग्य हो या विषालु भन्ने यकिन नगरी जंगली च्याउ घरमा नल्याऔँ । धेरै प्रजातिका च्याउ मिसाएर पनि नपकाऔँ ।

– च्याउको विष लागिसकेपछि बान्ता गराउने र पखाला लगाउने विधिबाट उपचार गर्न सकिन्छ ।

– विषको असर देखिनासाथ नजिकको स्वास्थ्य संस्थामा पुर्‍याइहालौँ । तत्काल उपचार सुरु भएमा विषले गर्ने हानिबाट बिरामीलाई बचाउन सकिन्छ ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ८ : ५९ बजे

धार्चेले मासुजन्य उत्पादनको आधारमा अनुदान दिने

गोरखा- जिल्लाको धार्चे गाउँपालिकाले मासुजन्य उत्पादनको आधारमा कृषकहरुलाई अनुदान दिने

मुलुकमा निर्वाचनको विकल्प छैन: उपेन्द्र यादव

रुपन्देही- जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा

खानेपानीको पाइप फुटेर बानेश्वर–तीनकुने क्षेत्रको सडक जलमग्न

काठमाडौँ– नयाँ बानेश्वर-तीनकुने सडकखण्डमा खानेपानीको मुख्य पाइप फुटेपछि सडक जलमग्न

समाजवादी युवा सङ्घका केन्द्रीय अध्यक्ष नै जसपा नेपालमा

देवदह (रुपन्देही)- अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) निकट

मङ्सिरभित्रै १५औँ महाधिवेशन गर्न कांग्रेस गण्डकी प्रदेश समितिको माग

लेखनाथ (कास्की)- नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले पार्टीको १५औँ महाधिवेशन