बालुवाटारमा ओली–प्रचण्ड वार्ता शुरु « Khabarhub

बालुवाटारमा ओली–प्रचण्ड वार्ता शुरु


३१ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्थायी कमिटी बैठक स्थगित गरेर एक्लाएक्लै वार्तामा बसेका सत्तारूढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पनि छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच साढे ११ बजेदेखि वार्ता भइरहेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । मंगलबार ६ दिनपछि भएको डेढ घण्टाको वार्ता निष्कर्षविहिन भएपछि आज पनि ओली–प्रचण्ड वार्तामा जुटेका हुन् ।

पार्टी विभाजन टरेको र छलफलबाटै समस्याको हल खोज्ने बताएका ओली र दाहालबीचको अबका छलफललाई अझ चासोपूर्वक हेरिएको छ ।

पछिल्लो पटक साउन २ गतेसम्मका लागि स्थायी कमिटी बैठक स्थगित भएकाले त्यसअघि नै अध्यक्षद्वयबीच सहमतिको प्रयास हुनेछ ।

बहुमत सदस्यले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेपछि नेकपाको शक्ति संघर्ष उत्कर्षमा पुगेको छ।

यही विवादले पार्टी फुटको नजिक पुग्न लागेपछि अध्यक्ष दाहाल र माधवकुमार नेपाल समूहले लगातार बैठक स्थगित गरेर सहमतिको लागि भन्दै ओलीसँग संवाद गर्दै आएका छन् ।

जारी छलफलमा ओलीले आफूले दुबै पद नछाड्ने अडान दोहोर्‍याएका छन् भने प्रचण्डले कम्तिमा एउटा पद छाडेर सहमतिमा आउन आग्रह गर्दै आएका छन् ।

तर, ओलीले दुवै पद नछाड्ने तर २०७६ मंसिर ४ को सहमतिअनुसार अघि बढ्न सकिने जवाफ दिदै आएको बताइन्छ । मंसिर ४ को सहमतिमा ओलीले पाँच वर्ष सरकार चलाउने र प्रचण्डले कार्यकारी हैसियतमा पार्टी चलाउने उल्लेख छ ।

मंसिर ४ को यो सहमति ओलीकै कारण कार्यान्वयन नभएको भन्दै प्रचण्डले २०७५ जेठ २ को सहमतिअनुसार अघि बढ्नुपर्ने अडान लिएका छन् ।

त्यसमा पनि सहमति नभए असन्तुष्ट पक्षलाई पनि मिलाउने गरी नयाँ लिखित सहमति गर्नुपर्ने माग प्रचण्डले राखेको बुझिएको छ । तर, त्यसमा पनि ओली सहमत हुन सकेका छैनन् ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ११ : ४७ बजे

आज पनि घट्यो नेप्से परिसूचक

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा लगातार तेस्रो दिन गिरावट

लालझाडीमा ७४८ जनाको निःशुल्क क्षयरोग परीक्षण

कञ्चनपुर- कञ्चनपुरको लालझाडी गाउँपालिकामा एआइ (कृत्रिम बुद्धिमत्ता) प्रविधिमा आधारित एक्स–रेमार्फत

अलग्गै कसरतमा शेखर, फरक योजनासहित कांग्रेसभित्र रणनीति बनाउन सक्रिय

काठमाडौं- नेपाली कांग्रेसमा संस्थापन र तत्कालीन सभापति शरेबहादुर देउवा पक्षबीचको

बुद्धका सन्देश व्यवहारमा उतार्न सकेमात्रै दिगो शान्ति सम्भव : राष्ट्रपति पौडेल

ललितपुर– राष्ट्रपति रामचन्द्र पौडेलले अहिंसा, मैत्री, करुणा र प्रज्ञाको सन्देशलाई

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

ललितपुर- ललितपुरको महाङ्काल गाउँपालिका–४ की मखमली वाइबा पतिको मृत्युपछि कसरी