अमेरिकन कम्पनीले बनाएको कोभिड–१९ को खोप परीक्षण अन्तिम चरणमा | Khabarhub Khabarhub

अमेरिकन कम्पनीले बनाएको कोभिड–१९ को खोप परीक्षण अन्तिम चरणमा


३१ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – संयुक्तराज्य अमेरिकाको बायोटेक कम्पनी मोडर्नाले मानिसमा कोविड–१९ को खोप (भ्याक्सिन) परीक्षण यसै महिना अन्तिम चरणमा प्रवेश गर्ने जनाएको छ । आगामी जुलाई २७ मा खोप परीक्षण अन्तिम चरणमा प्रवेश गर्ने कम्पनीले बताएको छ ।

मोडर्नाले तयार पारेको खोपले यथार्थमा मानिसमा कति प्रभावकारी रुपमा काम गर्नेछ भन्ने परीक्षण हुँदैछ ।

यसअघि गरिएका परीक्षण निकै सुरक्षित रहेको दाबी गरिएको र खोपले मानव शरीरमा एन्डीबडी उत्पादन गरेको थियो ।

आगामी तेस्रो चरणको खोप परीक्षणमा संयुक्तराज्य अमेरिकाकै ३० हजार मानिसलाई सहभागी गराउने लक्ष्य राखिएको छ । यी खोपमध्ये आधाजसो मानिसलाई १०० माइक्रोग्रामको डोज दिइनेछ भने आधालाई प्लासिबो दिइनेछ ।

अनुसन्धाताहरुले खोप लगाइएका व्यक्तिहरुमा खोपको प्रभावकारिता वा असरका बारेमा आगामी दुई वर्षसम्म निगरानी राख्ने कम्पनीले जनाएको छ । कोभिड–१९ बाट भ्याक्सिनले गम्भीर बिरामी हुनबाट मानिसलाई जोगायो भने भ्याक्सिन सफल हुने विश्वास गरिएको छ ।

कम्पनीको यो अध्ययन सन् २०२२ को अक्टोबर २७ सम्म जारी रहनेछ, तर प्रारम्भिक नतिजाहरु यसअघि नै सार्वजनिक गरिनेछ ।

मोडर्नाको भ्याक्सिन परीक्षणको पहिलो चरणबाट प्राप्त नतिजालाई न्यू इङल्यान्ड मेडिसिन जर्नलले प्रकाशन गरेलगत्तै परीक्षण तेस्रो चरणमा प्रवेश गरेको घोषणा गरिएको हो । पहिलो चरणमा सहभागी ४५ जना सहभागी सबैको शरीरमा भाइरस विरुद्धको एन्टीबडी तयार भएको देखिएको छ ।

तर वैज्ञानिकहरुले पहिलो भ्याक्सिन सर्वाधिक सुरक्षित वा प्रभावकारी मान्न अहिल्यै भन्न नसकिने बताएका छन् ।

मोडर्नाले पहिलो चरणको परीक्षणको अन्तरिम नतिजा यसअघि नै प्रकाशन गरिसकेको छ । पहिलो चरण भनिएको यस परीक्षणको नतिजा गत मे महिनामा सार्वजनिक गरिएको थियो ।

पहिलो चरणका नतिजाहरु निकै उत्साहजनक रहेको अमेरिकी संक्रामक रोग रोकथाम इन्स्टिच्यूटका निर्देशक एवं अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कोभिड–१९ सल्लाहकार एन्थोनी फाउचीले बताएका छन् ।

तर कतिपय वैज्ञानिकहरुले मोडर्नाका तथ्याङ्कहरूको गहन विश्लेषणपछि मात्र ठोस निष्कर्षमा पुग्न सकिने बताउँदै आएका छन् ।

मोडर्नाले गरेको परीक्षणमा सहभागीहरुलाई २५, १०० र २५० माइक्रोग्रामका भ्याक्सिनका तीन समूहमा बाँडिएको थियो । २८ दिनपछि यही परिमाणमा दोस्रो खोप दिइएको थियो । पहिलो चराण्मा बढी मात्राको डोज दिइएका व्यक्तिमा बढी एन्टीबडी भेटिएको थियो ।

दोस्रो चरणमा सहभागीहरुमा कोभिड–१९ भएका अधिकांश बिरामीभन्दा बढी एन्टीबडी देखिएको थियो । यी बिरामीको शरीरमा आफैं पनि एन्टीबडी तयार भएको थियो ।

आधाभन्दा बढी सहभागीहरुका शरीरमा सामान्य किसिमको नकारात्मक असर (साइड इफेक्ट) देखिएको थियो ।

जोन्स हप्किन्स विश्वविद्यालयका संक्रामक रोग विशेषज्ञ अमिश अडाल्जाले परीक्षणमा सहभागीमा निकै राम्रो एन्टीबडी तयार हुनु उत्साहजनक कुरा रहेको बताए ।

मोडर्नाले तयार पारेको भ्याक्सिनमा जेनेटिक सामग्रीको प्रयोग गरिएको छ ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  १२ : ५६ बजे

अन्तर्राष्ट्रिय सम्बन्धसहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न दुईवटा समितिको बैठक बस्दैछ ।

पहिलो टेस्टमा ब्याट्सम्यान हाबी : दुई दिनमा चार शतक प्रहार

लन्डन – लिड्समा जारी भारत र इङ्गल्यान्डको पहिलो टेस्टमा ब्याट्सम्यान

आठ सय घरमा खानेपानीको पहुँच

भोजपुर– लोमाखोला खानेपानी आयोजनामार्फत भोजपुरको उत्तरी क्षेत्र षडानन्द नगरपालिकाका आठ

नागार्जुनस्थित एक स्टिकर गोदाममा आगलागी

काठमाडौं– काठमाडौंको नागार्जुन नगरपालिकास्थित एक स्टिकर गोदाममा आगलागी भएको छ

प्रतिनिधिसभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक बिहान