अमेरिकन कम्पनीले बनाएको कोभिड–१९ को खोप परीक्षण अन्तिम चरणमा « Khabarhub

अमेरिकन कम्पनीले बनाएको कोभिड–१९ को खोप परीक्षण अन्तिम चरणमा


३१ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – संयुक्तराज्य अमेरिकाको बायोटेक कम्पनी मोडर्नाले मानिसमा कोविड–१९ को खोप (भ्याक्सिन) परीक्षण यसै महिना अन्तिम चरणमा प्रवेश गर्ने जनाएको छ । आगामी जुलाई २७ मा खोप परीक्षण अन्तिम चरणमा प्रवेश गर्ने कम्पनीले बताएको छ ।

मोडर्नाले तयार पारेको खोपले यथार्थमा मानिसमा कति प्रभावकारी रुपमा काम गर्नेछ भन्ने परीक्षण हुँदैछ ।

यसअघि गरिएका परीक्षण निकै सुरक्षित रहेको दाबी गरिएको र खोपले मानव शरीरमा एन्डीबडी उत्पादन गरेको थियो ।

आगामी तेस्रो चरणको खोप परीक्षणमा संयुक्तराज्य अमेरिकाकै ३० हजार मानिसलाई सहभागी गराउने लक्ष्य राखिएको छ । यी खोपमध्ये आधाजसो मानिसलाई १०० माइक्रोग्रामको डोज दिइनेछ भने आधालाई प्लासिबो दिइनेछ ।

अनुसन्धाताहरुले खोप लगाइएका व्यक्तिहरुमा खोपको प्रभावकारिता वा असरका बारेमा आगामी दुई वर्षसम्म निगरानी राख्ने कम्पनीले जनाएको छ । कोभिड–१९ बाट भ्याक्सिनले गम्भीर बिरामी हुनबाट मानिसलाई जोगायो भने भ्याक्सिन सफल हुने विश्वास गरिएको छ ।

कम्पनीको यो अध्ययन सन् २०२२ को अक्टोबर २७ सम्म जारी रहनेछ, तर प्रारम्भिक नतिजाहरु यसअघि नै सार्वजनिक गरिनेछ ।

मोडर्नाको भ्याक्सिन परीक्षणको पहिलो चरणबाट प्राप्त नतिजालाई न्यू इङल्यान्ड मेडिसिन जर्नलले प्रकाशन गरेलगत्तै परीक्षण तेस्रो चरणमा प्रवेश गरेको घोषणा गरिएको हो । पहिलो चरणमा सहभागी ४५ जना सहभागी सबैको शरीरमा भाइरस विरुद्धको एन्टीबडी तयार भएको देखिएको छ ।

तर वैज्ञानिकहरुले पहिलो भ्याक्सिन सर्वाधिक सुरक्षित वा प्रभावकारी मान्न अहिल्यै भन्न नसकिने बताएका छन् ।

मोडर्नाले पहिलो चरणको परीक्षणको अन्तरिम नतिजा यसअघि नै प्रकाशन गरिसकेको छ । पहिलो चरण भनिएको यस परीक्षणको नतिजा गत मे महिनामा सार्वजनिक गरिएको थियो ।

पहिलो चरणका नतिजाहरु निकै उत्साहजनक रहेको अमेरिकी संक्रामक रोग रोकथाम इन्स्टिच्यूटका निर्देशक एवं अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कोभिड–१९ सल्लाहकार एन्थोनी फाउचीले बताएका छन् ।

तर कतिपय वैज्ञानिकहरुले मोडर्नाका तथ्याङ्कहरूको गहन विश्लेषणपछि मात्र ठोस निष्कर्षमा पुग्न सकिने बताउँदै आएका छन् ।

मोडर्नाले गरेको परीक्षणमा सहभागीहरुलाई २५, १०० र २५० माइक्रोग्रामका भ्याक्सिनका तीन समूहमा बाँडिएको थियो । २८ दिनपछि यही परिमाणमा दोस्रो खोप दिइएको थियो । पहिलो चराण्मा बढी मात्राको डोज दिइएका व्यक्तिमा बढी एन्टीबडी भेटिएको थियो ।

दोस्रो चरणमा सहभागीहरुमा कोभिड–१९ भएका अधिकांश बिरामीभन्दा बढी एन्टीबडी देखिएको थियो । यी बिरामीको शरीरमा आफैं पनि एन्टीबडी तयार भएको थियो ।

आधाभन्दा बढी सहभागीहरुका शरीरमा सामान्य किसिमको नकारात्मक असर (साइड इफेक्ट) देखिएको थियो ।

जोन्स हप्किन्स विश्वविद्यालयका संक्रामक रोग विशेषज्ञ अमिश अडाल्जाले परीक्षणमा सहभागीमा निकै राम्रो एन्टीबडी तयार हुनु उत्साहजनक कुरा रहेको बताए ।

मोडर्नाले तयार पारेको भ्याक्सिनमा जेनेटिक सामग्रीको प्रयोग गरिएको छ ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  १२ : ५६ बजे

दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला

काठमाडौँ- यस वर्षको दसैँमा घर जाने यात्रुका लागि आगामी असोज २३

वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीसँग विश्व वन्यजन्तु कोष

भारतमा राहुल गान्धीसहित विपक्षी नेता हिरासतमा

नयाँदिल्ली- भारतको निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गर्दै मतदाता

कांग्रेस महामन्त्रीमा डा. सुनीलकुमार शर्माको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा व्यवसायी डा. सुनीलकुमार शर्माले

नेपालमै सुरु भयो खुट्टा-जोर्नीको मिनिमली इन्भेसिभ शल्यक्रिया

काठमाडौँ- खुट्टा तथा जोर्नी सम्बन्धी जटिल समस्या भएका बिरामीहरूका लागि अब