डिसेम्बर पहिलो साताबाट बिग बास लिग हुने « Khabarhub

डिसेम्बर पहिलो साताबाट बिग बास लिग हुने


३१ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालका लेग स्पिनर सन्दीप लामिछानेले खेल्दै आएको बिग बास लिग (बीबीएल) क्रिकेट आगामी डिसेम्बर पहिलो साताबाट शुरु हुने भएको छ । बीबीएलले १० औं संस्करणको लिग डिसेम्बर ३ बाट सुरु हुने जनाएको छ ।

अस्ट्रेलियाका आठ टोलीले सहभागिता जनाउने बीबीएल ३ जनवरीमा शुरु भई फेब्रुवरी ६ मा सम्पन्न हुनेछ ।

प्रतियोगिताको मितिसँगै बीबीएलले लिगको खेल तालिका समेत सार्वजनिक गरेको छ ।  यो सिजनको उद्घाटन खेलमा एडिलेट स्ट्राइकर्स र मेलबर्न रेनेगेड्सले प्रतिस्पर्धा गर्नेछन् ।

बीबीएलको अघिल्ला दुई सिजन नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर लामिछानेले मेलबर्न स्टार्सबाट खेलेका थिए ।

सन्दीपले दुई सिजनको लिग मेलवर्न स्टार्सबाट खेलेका छन् । लगातार बिबीएलमा राम्रो प्रदर्शन गर्दै आएका लामिछाने यो वर्ष पनि छनोट हुने सम्भावना बलियो रहेको छ ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  २ : २३ बजे

मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर

लमजुङ– मनाङका हिमतालमा देखिएको जोखिमले मर्स्याङ्दी नदी आसपासका तल्लो तटीय

पृथ्वी र बिपी राजमार्गमा सास्ती: देशभरका कुन सडकको अवस्था के छ ?

काठमाडौँ – बाढी, पहिरो तथा सडक मर्मतका कारण देशका विभिन्न

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मुगुमा तीन घण्टाको फरकमा चार म्याग्निच्युडका दुई भूकम्प

काठमाडौँ – मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर बुधबार बिहान लगातार

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनेबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा