२ मन्त्रीलाई भेट्न सिंहदरबार पुगिन चिनियाँ राजदूत यान्छी « Khabarhub

२ मन्त्रीलाई भेट्न सिंहदरबार पुगिन चिनियाँ राजदूत यान्छी


३१ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ राजदूत होउ यान्छीले उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल उर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग भेट वार्ता गरेकी छन् ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा आन्तरिक विवादमा रुमलिँदा भेटघाटलाई तीव्रता दिएकी यान्छीले आज सिंहदरबार पुगेर दुई मन्त्रीलाई भेटेकी हुन् ।

चिनियाँ राजदूत यान्छी र ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनबीच सिंहदरवारस्थित उर्जामन्त्रालयमा भेटवार्ता भएको थियो । भेटमा पछिल्लो राजनीतिक अवस्था र आपसीहीतका विषयमा कुराकानी भएको थियो ।

मन्त्री पुनसंगको भेटमा राजदूत यान्छीले सिन्धुपाल्चोकमा निर्माणाधीन मध्य भोटेकोशी जलविद्युत आयोजनामा भएको क्षतिबारे समेत छलफल गरेकी थिईन ।

मन्त्री पुनको सचिवालयले कोरोनाको संक्रमण, लकडाउन लगायतका कारण चीनमा रहेका प्राविधिक तथा कामदार नेपाल आउन नसकेको र त्यसले निर्माणाधीन परियोजनामा असर पारेको जानकारी उनले गराएको जनाएको छ ।

मन्त्री पुनले नेपाल र चीनबीचको सम्बन्ध सुदृढ गर्नुपर्नेमा भेटमा जोड दिनुका साथै नेपालको ऊर्जा, जलस्रोत तथा पर्यटनको क्षेत्रमा चिनियां लगानी बढाउने वातावरण बनाउन उनले राजदूत यान्छीसमक्ष आग्रह गरेका थिए ।

यसअघि चिनियाँ राजदूतले रक्षामन्त्री ईश्वर पोखरेलसंग समसामयीक विषय र दुई देशबीचको सम्बन्धबारे छलफल गरेकी थिईन । दुवै मन्त्रीसंगको भेटमा उनले नेकपाभित्रको जारी विवादको बारेमा चांसो राखेकी थिईन । मन्त्री पुन नेकपाका अध्यक्ष प्रचण्डसंग निकट छन् भने पोखरेल प्रधानमन्त्री केपी शर्मा ओली निकट नेता हुन् ।

चिनियाँ राजदूतले नेकपाभित्रको विवाद समाधानमा भुमिका खेलेको चर्चा भइरहेका बेला पुन मन्त्री पुन र पोखरेललाई भेट गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यसअघि चिनियां राजदूत यान्छीले प्रधानमन्त्री केपी ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनालसँग भेटवार्ता गरिसकेकी छन् ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ३ : २३ बजे

चाँगुनारायणको कलश हनुमानढोका ल्याइयो (तस्बिर)

काठमाडौं– चाँगुनारायणको परम्परागत कलश यात्रा अन्तर्गत आज साउन शुक्ल द्वादशीका

सरकारलाई अन्जनको चेतावनी, ‘निजी क्षेत्रलाई बेवास्ता गरे भुइँको टिप्दा पोल्टाको पनि झर्ला’

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले व्यवसायीहरूको मनोबल

पोखरा–दुबई उडान दिगो बनाउन पर्यटन व्यवसायीको अग्रसरता

गण्डकी– आगामी असोजदेखि सुरु हुने पोखरा–दुबई सिधा हवाई उडानलाई दिगो

वीरगञ्ज चिनी मिल झाडीले ढाक्यो, औजारमा खिया लाग्यो (तस्बिरहरू)

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारले पछिल्लो समय लामो समयदेखि बन्द

हाइटीमा गिरोहको आक्रमण, ४७ जनाको मृत्यु

एजेन्सी– हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्सको दक्षिणपूर्वी पहाडी नगरपालिका केन्स्कोफमा सशस्त्र गिरोहले गरेको