२ मन्त्रीलाई भेट्न सिंहदरबार पुगिन चिनियाँ राजदूत यान्छी « Khabarhub

२ मन्त्रीलाई भेट्न सिंहदरबार पुगिन चिनियाँ राजदूत यान्छी


३१ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिनियाँ राजदूत होउ यान्छीले उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल उर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग भेट वार्ता गरेकी छन् ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा आन्तरिक विवादमा रुमलिँदा भेटघाटलाई तीव्रता दिएकी यान्छीले आज सिंहदरबार पुगेर दुई मन्त्रीलाई भेटेकी हुन् ।

चिनियाँ राजदूत यान्छी र ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनबीच सिंहदरवारस्थित उर्जामन्त्रालयमा भेटवार्ता भएको थियो । भेटमा पछिल्लो राजनीतिक अवस्था र आपसीहीतका विषयमा कुराकानी भएको थियो ।

मन्त्री पुनसंगको भेटमा राजदूत यान्छीले सिन्धुपाल्चोकमा निर्माणाधीन मध्य भोटेकोशी जलविद्युत आयोजनामा भएको क्षतिबारे समेत छलफल गरेकी थिईन ।

मन्त्री पुनको सचिवालयले कोरोनाको संक्रमण, लकडाउन लगायतका कारण चीनमा रहेका प्राविधिक तथा कामदार नेपाल आउन नसकेको र त्यसले निर्माणाधीन परियोजनामा असर पारेको जानकारी उनले गराएको जनाएको छ ।

मन्त्री पुनले नेपाल र चीनबीचको सम्बन्ध सुदृढ गर्नुपर्नेमा भेटमा जोड दिनुका साथै नेपालको ऊर्जा, जलस्रोत तथा पर्यटनको क्षेत्रमा चिनियां लगानी बढाउने वातावरण बनाउन उनले राजदूत यान्छीसमक्ष आग्रह गरेका थिए ।

यसअघि चिनियाँ राजदूतले रक्षामन्त्री ईश्वर पोखरेलसंग समसामयीक विषय र दुई देशबीचको सम्बन्धबारे छलफल गरेकी थिईन । दुवै मन्त्रीसंगको भेटमा उनले नेकपाभित्रको जारी विवादको बारेमा चांसो राखेकी थिईन । मन्त्री पुन नेकपाका अध्यक्ष प्रचण्डसंग निकट छन् भने पोखरेल प्रधानमन्त्री केपी शर्मा ओली निकट नेता हुन् ।

चिनियाँ राजदूतले नेकपाभित्रको विवाद समाधानमा भुमिका खेलेको चर्चा भइरहेका बेला पुन मन्त्री पुन र पोखरेललाई भेट गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यसअघि चिनियां राजदूत यान्छीले प्रधानमन्त्री केपी ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनालसँग भेटवार्ता गरिसकेकी छन् ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ३ : २३ बजे

प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारको मनोनयन गर्ने दिन नजिकिँदै

ओली र बालेन्द्रसँग भिड्न धरानदेखि दमकसम्म खाली खुट्टै पैदलयात्रामा श्रमका समिर

धरान- हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट झापा क्षेत्र नम्बर

सिजीले सार्वजनिक गर्‍यो आइसिसी टी–२० वर्ल्डकप प्रत्यक्ष हेर्ने दोस्रो चरणका विजेता

काठमाडौं– इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले ‘सिजीको साथमा, वर्ल्डकप टिकट हातमा’ ‘#लेभलअप!उइथसीजी’  योजना

‘डन ३’ मा फर्किए शाहरुख खान

काठमाडौं– बलिउडमा फेरि फिल्म ‘डन ३’ को चर्चा तातिरहेको छ

बोल्दै नबोली हिँडे १० मिनेट घण्टी घरमा बसेका बालेन

काठमाडौं- काठमाडौं महानगरपालिकाका साढे ३ वर्ष नेतृत्व गरेर आइतबार मेयर