भाेलिदेखि यी रुटमा चल्नेछन् साझाका २६ बस « Khabarhub

भाेलिदेखि यी रुटमा चल्नेछन् साझाका २६ बस


३१ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साझा यातायातले बिहीबारदेखि प्रारम्भिक चरणमा २६ वटा बस सञ्चालन गर्ने भएको छ।

साझाले यसअघि बस चल्दै आएका ८ वटा रुटमा सेवा सुरु गर्न लागेको जनाएको छ। साझाका २६ वटा बसले साउन १ अर्थात् भोलिदेखि ८ वटा रुटमा सेवा दिने साझाका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले बताए।

कोरोना संक्रमणकाे जोखिमकै बीच सरकारको निर्णयअनुसार सेवालाई प्राथमिकता दिएर पुराना सबै रुटमा बस चलाउन लागिएको उनको भनाइ छ।

‘लगनखेलबाट गोदावरी, थानकोट, लामाटार, बालाजु, सूर्यविनायकसहित साझा चल्दै आएका सबै रुटमा साउन १ देखि बस चल्नेछन्,’ पाण्डेयले भने, ‘साझाले सरकारले तोकेअनुसार साविककोभन्दा ५० प्रतिशत बढी भाडा लिएर यात्रुलाई सेवा दिनेछ।’

यात्रु तथा चालकको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर सरकारले तोकेका सबै मापदण्ड पालना गरिने साझाले जनाएको छ। यात्रुलाई अनिवार्य मास्क लगाउन र खुद्रा रकमको व्यवस्था गरेर चढ्न आग्रह गरिएको छ। बसभित्र यात्रुलाई भीड नगर्न र व्यक्तिगत दूरी कायम गरेर बस्न पनि आग्रह गरिएको पाण्डेयले जानकारी दिए।

यात्रुको चाप हेरेर आवश्यकता अनुसार रुटहरुमा बस थप्दै लैजाने योजना साझाले बनाएको छ। चैत ११ देखि बन्द रहेका सार्वजनिक यातायात काठमाडौं उपत्यका र अन्य जिल्लाको हकमा जिल्लाभित्र चलाउन दिने निर्णय सरकारले गरेको थियो।

असार २६ गतेदेखि सार्वजनिक यात्रुबाहक बस र ट्याक्सी चलाउन दिने निर्णयअनुसार गत आइतबारदेखि चक्रपथ परिक्रमा गर्ने गरी विभिन्न कम्पनीका बस चल्न थालेका हुन्।

यी हुन् उपत्यकामा भोलिबाट साझा यातायातका बस सञ्चालन हुने रूट

  • लगनखेल, रत्नपार्क, टिचिङ हुँदै नयाँ बसपार्क
  • लगनखेल, रत्नपार्क, टिचिङ हुँदै बुढानिलकण्ठ
  • गोदाबरी, लगनखेल हुँदै रत्नपार्क
  • लामाटार, लगनखेल हुँदै रत्नपार्क
  • लगनखेल, सातदोबाटो, कलंकी हुँदै थानकोट
  • लगनखेल, नयाँ बानेश्वर, चाबहिल हुँदै नयाँ बसपार्क
  • रत्नपार्क, कलंकी, स्वयम्भू हुँदै बालाजु
  • रत्नपार्क, नयाँ बानेश्वर, कोटेश्वर हुँदै सूर्यविनायक

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ६ : ०१ बजे

विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले केही विश्वविद्यालय ऐन संशोधनसम्बन्धी विधेयक

बागमतीमा सरकार टिकाउन तीन दलबीच नयाँ समझदारी, मन्त्रालय ८ भन्दा नबढाउने

काठमाडौं- बागमती प्रदेश सरकार सञ्चालनका लागि नेपाली कम्युनिस्ट पार्टी, नेकपा

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू

‘सरकारको कार्यशैलीमा प्रश्न गर्न सत्तापक्षका सांसदलाई कुनै रोकतोक छैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले वरिष्ठ नेता वालेन्द्र