सुस्मिता हत्या प्रकरणः अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश « Khabarhub

सुस्मिता हत्या प्रकरणः अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश


३१ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौँडा- जिल्ला अदालत मकवानपुरले हेटौँडा उपमहानगरपालिका–४ कर्रा बस्ने सुस्मिता केसी थापाको हत्या अभियोगमा पक्राउ परेका एकै परिवारका चार जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

जिल्ला न्यायाधीश सीता शर्मा अधिकारीको एकल इजालशले बुधबारको थुनछेक बहसपछि आफ्नै बुहारी सुस्मिता केसी थापाको हत्या गरेको अभियोगमा उनको आफ्नै सुसरा प्रकाश थापा, सासु तुलसा कुमारी थापा, नन्द सीता थापा र आमाजु दुर्गा थापा कार्कीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

यही असार २ गते आफ्नै घरमा मृत अवस्थामा फेलापरेकी सुस्मिताको हत्यामा परिवारका ससुरा, सासु, नन्द, आमाजु र ज्वाइँको संलग्नता रहेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।

हत्यामा संलग्न रहेका आमाजु दर्गा थापा कार्कीको पति अरुण कार्की (ज्वाइँ) फरार रहेकाले उनको नाममा पक्राउ पुर्जी जारी गरेको जिल्ला अदालत मकवानपुरका श्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिए ।

पुर्पक्षका लागि थुनामा राख्ने आदेशपछि ससुरा प्रकाशलाई भीमफेदी कारागार तथा सासु तुलसा, नन्द सीता र आमाजु दुर्गालाई चितवनस्थित कारागारमा राखिने अदालतले जनाएको छ ।

मृतक सुस्मिता थापाको माइती पक्षले आफ्नो छोरीकै घरपरिवारले नै हत्या गरेको हो भनि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा किटानी जाहेरी दर्ता गराएपछि प्रहरीले अभियुक्तहरूलाई पक्राउ गरी असार १५ गते सार्वजनिक गरेको थियो ।

आफ्नै बुहारी सुस्मितालाई मृतक छोरोका तर्फबाट आउने बीमाबापतको रकम पाउने भएका कारण ससुरा–सासुलगायतको नातेदारले उक्त रकम आफैँले खर्च गर्न पाउने उद्देश्यले बुहारीको नियोजित रुपमा हत्या गरेको जिल्ला अदालतमा दिएको बयानमा उनीहरुले स्वीकार गरेको बताइएको छ ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ६ : ५६ बजे

धरानमा बालबालिका सवार बस दुर्घटना हुँदा ५ जनाको मृत्यु

काठमाडौं- सुनसरीको धरान उपमहानगरपालिकामा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु

ललितपुर महानगरको हिउँदे नगरसभा सम्पन्न : अपेक्षा अनुसार पुँजीगत खर्च भएन

ललितपुर– ललितपुर महानगरको आठौं नगरसभा (हिउँदे नगरसभा ) सम्पन्न भएको छ

ईयू–मर्कोसुरबीच ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौता

असुन्सिओन- युरोपेली सङ्घ (ईयू) र दक्षिण अमेरिकी राष्ट्रहरूको मर्कोसुर ब्लकले

प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारको मनोनयन गर्ने दिन नजिकिँदै

ओली र बालेन्द्रसँग भिड्न धरानदेखि दमकसम्म खाली खुट्टै पैदलयात्रामा श्रमका समिर

धरान- हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट झापा क्षेत्र नम्बर