रुकुम घटना : ५ अभियुक्त पुर्पक्षका लागि कारागार चलान « Khabarhub

रुकुम घटना : ५ अभियुक्त पुर्पक्षका लागि कारागार चलान


३१ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुम- सोती घटनाका फरार पाँच अभियुक्त पनि पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

रुकुम जिल्ला अदालतले आज उनीहरुलाई थुनामै राखेर थप अनुसन्धान गर्न आदेश गरेको हो ।

अदालतमा भएको अभियुक्तको बयान तथा वादी र प्रतिवादी वकिलको थुनछेक बहसपछि उनीहरुलाई पुर्पक्षका लागि पठाउने आदेश भएको निमित्त श्रेस्तेदार लक्ष्मण विकले जानकारी दिए ।

उनका अनुसार चौरजहारी नगरपालिका–८ का तुलराम घर्ती, क्वापे भनिने लोकेन्द्र घर्ती, सौरभ पुन र डिल्ली घर्ती मङ्गलबार अदालतमा उपस्थित भएका थिए । पाँचमध्ये भीमबहादुर घर्तीलाई भने असार २८ गते जिल्ला अदालतमा आफैँ हाजिर भएपछि बयान र बहसपछि पुर्पक्षका लागि सोही दिन कारागार चलान गरिएको थियो ।

यी पाँच जनासहित सोती घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका ३४ जनामध्ये ३० जनालाई पुर्पक्षका लागि थुनुवामा राख्ने आदेश भएको छ । तिनमा दुई नाबालक रहेको र उनीहरुलाई बालसुधारगृहमा पठाइएको छ । तीन जना साधारण तारेखमा छुटेका थिए भने एक जना रु एक लाख धरौटीमा छुटेका थिए ।

गत जेठ १० गते भएको सोती घटनामा जाजरकोट भेरी नगरपालिकाका पाँच र रुकुम(पश्चिम) चौरजहारी नगरपालिकाका एक गरी ६ जनाको ज्यान गएको थियो ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ७ : ०५ बजे

सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह

नुवाकोट– भोटेकोशी बाढीबाट भएको क्षतिको अवस्थाबारे जानकारी लिन बुधबार नुवाकोट

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ

विपद्जन्य जोखिममा सतर्क रहन देशभरका पालिकाको आग्रह

काठमाडौँ – काठमाडौँ महानगरपालिककासहित देशभरका स्थानीय तहले असोज ९ देखि

कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठक : यस्ता छन् निर्णय

कर्णाली– कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ

राष्ट्रसङ्घमा परराष्ट्रमन्त्री खनालले भने-‘हामीले सिर्जना नगरेको उत्सर्जनको मूल्य चुकाउँदै छौँ’

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण अति जोखिममा