फिफा विश्वकप-२०२२ पहिलोपटक नोभेम्बरमा हुने « Khabarhub

फिफा विश्वकप-२०२२ पहिलोपटक नोभेम्बरमा हुने


३१ असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप फुटबल नोभेम्बरमा हुने भएको छ ।

विश्वकप २०२२ नोभेम्बर २१ देखि सुरु हुनेछ। उद्घाटन खेल २१ नोभेम्बरमा कतारको समयअनुसार दिउँसो साढे ३ बजे सुरु हुनेछ।

फिफाले समूह चरणसहित फाइनलसम्मको खेल तालिका सार्वजनिक गरेको हो।

समूह चरणमा एकै दिन चार वटासम्म खेल हुनेछ। फाइनल खेल १८ डिसेम्बरमा नेपाली समयअनुसार राति पौने ९ बजे लुसेल रंगशालामा हुनेछ।

समूह चरणका खेल नेपाली समयअनुसार अपराह्न ४ बजेदेखि हुनेछन्। भने अन्तिम खेल राति पौने १ बजे हुनेछन्।

विश्वकपको उद्घाटन समारोह ६० हजर दर्शक क्षमता भएको अल खोरस्थित अल बयत रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल दोहास्थित लुसेल रंगशालामा १८ डिसेम्बरमा हुनेछ ।

यसअघि जुन र जुलाईमा विश्वकप फुटबल हुँदै आएको भएपनि कतारमा अत्यधिक गर्मी हुने भएकोले आयोजकले पहिलो पटक विश्वकप नोभेम्बरमा गर्ने भएको हो ।

प्रकाशित मिति : ३१ असार २०७७, बुधबार  ८ : ५१ बजे

देशले प्राकृतिक विपद्बाट ठूलो क्षति व्यहोर्नुपर्यो : बिजुक्छे

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशले विभिन्न

बाढीपीडितका लागि हिमालय एयरलाइन्सका कर्मचारीको १३ लाख सहयोग

काठमाडौं– भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने तथा पुनःस्थापनामा

सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाबाट ‘संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा

अशोकसँगको सम्बन्धमा किन आयो दरार ? टंक भन्छन्- ‘सडकको बच्चालाई हिरो बनाएर गल्ती गरेँ’

बाल गायकका रूपमा चर्चामा आएका अशोक दर्जीलाई सडकबाट ल्याएर संरक्षण

निर्वाचन क्षेत्रका आलोचक ठेगान लगाउन रास्वपा सांसद गुहारे साइबर ब्युरो, ‘भाग्यो’ भनेर भ्रम फैलाएको जिकिर

काठमाडौं- सामाजिक सञ्जालमार्फत पुराना दल र सरकारलाई प्रश्न तथा आलोचना