मेस्सीको टोली बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरियो, बायर्न म्युनिखसँग ८-२ को लज्जास्पद हार | Khabarhub Khabarhub

मेस्सीको टोली बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरियो, बायर्न म्युनिखसँग ८-२ को लज्जास्पद हार


३१ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – च्याम्पियन्स लिग फुटबलमा बायर्न म्युनिखले बार्सिलोनालाई लज्जास्पद हार चखाएको छ ।

शुक्रबार राति भएको खेलमा जर्मन क्लब बायर्न म्युनिखले स्पेनिस महारथी बार्सिलोनालाई ८–२ गोल अन्तरले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

थोमस मुलर र फिलिप कौटिन्होले समान दुई/दुई गोल गर्दै बायर्नलाई शानदार जित दिलाए । अरू चार गोलमा जोशुआ किम्मिच, सर्ज जिनाब्री, रोबर्ट लेवान्डोस्की, र इभान पेरिसिचले गरे ।

मुलरले खेलको चौथो मिनेटमा बायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि डबिड अलाबाको आत्मघाति गोलसंगै बार्सिलोना खेलमा फर्कियो ।

२८औं मिनेटमा इभान पेरिसिकले बायर्नलाई २–१ को अग्रता दिलाए । सर्ज ग्रन्बीले २८औं मिनेटमा बायर्नका लागि तेस्रो गोल गरे । मुलरले ३१औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफको खेलमा बायर्नलाई ३-१ को अग्रता दिलाए ।

दोस्रो हाफमा बायर्नले बार्सिलोनालाई थप दबाबमा राख्यो । ५७औँ मिनेटमा बार्सिलोनाका फरवार्ड लुईस सुआरेजले गोल गर्दै खेल ४–२ को अन्तरमा झारे।

त्यसपछि बायर्नले लगातार चार गोल गर्दै बार्सिलोनालाई च्याम्पियन्स लिगमा नमिठो हार चखायो । जोसुआ किम्मिचले ६३औँ मिनेटमा गोल गर्दै बायर्नलाई ५–२ को अग्रता दिलाए । रोबर्ट लेवान्डोस्कीले ८२औँ मिनेटमा थप एक गोल गर्दै बायर्नको आधा दर्जन गोल पूरा गरे ।

बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका बार्सिलोनाका पूर्वखेलाडी फिलिप कौटिन्होले लगातार दुई गोल गर्दै बार्सिलोनालाई थप निराश पारे ।

८५औं मिनेटमा पहिलो गोल गरेका उनले खेल सकिन एक मिनेट बाँकी रहदाँ अर्को गोल थप्दै बायर्नलाई ८–२ को शानदार जित दिलाए ।

बार्सिलोनाका प्रशिक्षक क्विक सेटियनले एन्टोनी ग्रिजम्यान र डेम्बेलेलाई पहिलो रोजाईबाट बाहिर राख्दै बायर्नबिरुद्ध टोली उतारेका थिए ।

पछिल्लो हारसंगै बार्सिलोनाका प्रशिक्षक सेटियनको पद धरापमा परेको छ । ला लिगा उपाधि रियल मड्रिडलाई सुम्पिएपछि उनको भविष्यमाथि आशंका उत्पन्न भएको थियो । बायर्नसंगको लज्जास्पद हारले उनी तत्काल बर्खास्तीमा पर्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  ५ : ४७ बजे

अपाङ्गता भएका महिलाको क्षेत्रमा कानून सुधार गर्न कानून व्यवसायीकै माग

काठमाडौं – अपाङ्गता भएका महिला र किशोरीका सन्दर्भमा नेपालको संविधान

इरानको सुरक्षा व्यवस्थामा सुधार, ‘रक्षा परिषद्’ गठन हुने सम्भावना

तेहरान– इरानले आफ्नो नयाँ प्रशासनिक व्यवस्थाको भागको रूपमा ‘रक्षा परिषद्’

मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

धरान– सुनसरीको दुहबी नगरपालिका–२ पचिरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको

जेन्जी पुस्तालाई कांग्रेससँग जोड्न आवश्यक : शेखर कोइराला

विराटनगर – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अहिलेको युवा

छायाँक्षेत्र (छायाँनाथ) धामको तीर्थयात्रा सुरु

मुगु–  हिमाली जिल्ला मुगुस्थित प्रसिद्ध धार्मिकस्थल छायाँक्षेत्र धाममा यस वर्षको