समाचार संकलनका क्रममा पक्राउ परेका बेलारूसका १० पत्रकारलाई रिहाइ गर्न माग | Khabarhub Khabarhub

समाचार संकलनका क्रममा पक्राउ परेका बेलारूसका १० पत्रकारलाई रिहाइ गर्न माग


३१ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – सरकारी विरोधी प्रदर्शनको समाचार संकलनमा खटिदा बेलारूसमा पक्राउ परेका १० जना पत्रकारलाई तत्काल रिहाइ गर्न त्यहाँको पत्रकार महासंघले माग गरेको छ ।

आन्दोलनको समाचार सङ्कलन तथा सम्प्रेषण गरेको आरोपमा नियन्त्रणमा लिइएका १० पत्रकारलाई हिरासतमा राखिएकोमा आपत्ति जनाउँदै बेलारूसको पत्रकार महासङ्घ (बीएजे) का उप–प्रमुख बोरिस गोरेत्स्कीले तत्काल उनीहरूको रिहाइ गर्न माग गरेका हुन् ।

उनीहरूलाई राष्ट्रिय शान्तिमा खलल पुर्‍याउने उद्देश्यले समाचारहरू सम्प्रेषण गरेको आरोपमा अभियोजनकर्ताहरूले हिरासतमा राखी छानविन गर्न अनुमति दिएका छन् ।

समाचार सङ्कलन तथा सम्प्रेषण गरेकै आरोपमा पक्राउ गरी हिरासतमा राखिएका सहकर्मीहरूलाई निशर्त रिहा गर्न सूचना तथा सञ्चार, गृह तथा सञ्चारमाध्यमका प्रतिनिधिहरू सम्मिलित एक बैठकमा गोरेत्स्कीले यस्तो माग गरेका हुन् ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  ६ : ३४ बजे

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १९ गते बुधबार सन्

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १९ गते बुधबार तदनुसार

आज २०८१ साल वैशाख १९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १९ गते बुधबार तदनुसार

लण्डनमा तरबार हमला, एक जनाको मृत्यु

एजेन्सी – संयुक्त अधिराज्य बेलायतको राजधानी लण्डनमा तरबार हमला भएको

जनक शिक्षा जनकपुरले बेच्यो १८ करोड ६७ लाखको पाठ्यपुस्तक

जनकपुरधाम – जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले विगत