एनआरएनए कतारले उपलब्ध गरायो ६ हजार ५ सय नेपालीलाई खाद्यान्न « Khabarhub

एनआरएनए कतारले उपलब्ध गरायो ६ हजार ५ सय नेपालीलाई खाद्यान्न



दोहा – गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कतारले कोरोना संक्रमण शुरू भएदेखि अहिलेसम्म कोरोना प्रभावित ६ हजार ५ सय नेपाली श्रमिकलाई खाद्यान्न उपलब्ध गराएको जनाएको छ ।

विभिन्न संस्थाहरुसँग हातेमालो गर्दै कतारको विभिन्न ठाउँमा रहेका नेपालीहरुलाई खाद्यान्न वितरण गरिरहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले जानकारी दिए ।

कतारस्थित नेपाली दूताबासको संयोजनमा कतार च्यारिटीद्वारा प्राप्त खाद्यान्न तथा अन्य संस्थाहरुले गरेको सहयोग कतारमा रोजगारी गुमाएका नेपाली श्रमिकलाई अझै खाद्यान्न वितरण गरिरहेको अध्यक्ष मुसलमानले बताए ।

अहिलेसम्म विभिन्न चरणमा गरी ६ हजार ५ सय ९० कोरोना प्रभावित नेपाली कामदारलाई खाद्यान्न स्वरूप राहत वितरण गरिएको उनले बताए ।

कोरोनाले कतारमा रहेका नेपालीलाई खाना सम्बन्धी कुनै समस्या भए एनआरएनए कतारले उपलब्ध गराएको टेलिफोन नम्बरमा सम्पर्क गर्नसमेत उनले आग्रह गरे ।

कोरोना महामारीका कारण समस्यामा परेका नेपाली श्रमिकहरुलाई कतारको सरकारी संस्था कतार च्यारिटीले पहिलो चरणमा डेढ करोड रुपैयाँ बराबरको खाद्यान्न सामग्री उपलब्ध गराएको थियो । यस्तै ईदको अवसर पारेर दोस्रो चरणमा ९५ लाख बराबरको खाद्यान्न सामग्री पनि उपलब्ध गराइसकेको छ ।

यसैबीच कोरोना भाइरसको संक्रमणबाट प्रभावित भएका नेपालीहरू स्वदेश फर्कने क्रम अझै जारी छ ।

अहिलेसम्म कतारबाट ३० वटा उडानमार्फत ५ हजार ४६५ जना स्वदेश फर्किएका छन् ।

दूतावासले पछिल्लो पटक सार्वजनिक गरेको सूचीमा अझै घर फर्किने नेपालीको सङ्ख्य ९ हजार ३ सय ८५ जना रहेको जनाएको छ । थप उडान कहिले हुने भन्नेबारे भने केही खुलाइएको छैन् ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  ७ : २५ बजे

शिक्षामन्त्री प्रधानको राजीनामापछि कक्रोच आन्दोलन फिर्ता

नयाँ दिल्ली- भारतका सङ्घीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएपछि भारतमा

वडा सदस्यको घरबाट ठूलो परिमाणमा डीएपी मल बरामद

जनकपुरधाम– धनुषाको धनुषाधाम नगरपालिका–५, ९०० बिघास्थित एक वडा सदस्यको घरबाट

हर्कको प्रवेशले एमाले भोजपुरमा हलचल, उपमेयर शेर्पासहित सात नेतामाथि कारबाही

भोजपुर– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ केही दिनअघि जिल्ला

कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले दिए राजीनामा

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका

श्रमजीवी वर्गलाई जोड्न सके वामपन्थी आन्दोलन पुनः सशक्त बन्छ : महासचिव पोखरेल

काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान राजनीतिक परिवेश