एनआरएनए कतारले उपलब्ध गरायो ६ हजार ५ सय नेपालीलाई खाद्यान्न « Khabarhub

एनआरएनए कतारले उपलब्ध गरायो ६ हजार ५ सय नेपालीलाई खाद्यान्न



दोहा – गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कतारले कोरोना संक्रमण शुरू भएदेखि अहिलेसम्म कोरोना प्रभावित ६ हजार ५ सय नेपाली श्रमिकलाई खाद्यान्न उपलब्ध गराएको जनाएको छ ।

विभिन्न संस्थाहरुसँग हातेमालो गर्दै कतारको विभिन्न ठाउँमा रहेका नेपालीहरुलाई खाद्यान्न वितरण गरिरहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले जानकारी दिए ।

कतारस्थित नेपाली दूताबासको संयोजनमा कतार च्यारिटीद्वारा प्राप्त खाद्यान्न तथा अन्य संस्थाहरुले गरेको सहयोग कतारमा रोजगारी गुमाएका नेपाली श्रमिकलाई अझै खाद्यान्न वितरण गरिरहेको अध्यक्ष मुसलमानले बताए ।

अहिलेसम्म विभिन्न चरणमा गरी ६ हजार ५ सय ९० कोरोना प्रभावित नेपाली कामदारलाई खाद्यान्न स्वरूप राहत वितरण गरिएको उनले बताए ।

कोरोनाले कतारमा रहेका नेपालीलाई खाना सम्बन्धी कुनै समस्या भए एनआरएनए कतारले उपलब्ध गराएको टेलिफोन नम्बरमा सम्पर्क गर्नसमेत उनले आग्रह गरे ।

कोरोना महामारीका कारण समस्यामा परेका नेपाली श्रमिकहरुलाई कतारको सरकारी संस्था कतार च्यारिटीले पहिलो चरणमा डेढ करोड रुपैयाँ बराबरको खाद्यान्न सामग्री उपलब्ध गराएको थियो । यस्तै ईदको अवसर पारेर दोस्रो चरणमा ९५ लाख बराबरको खाद्यान्न सामग्री पनि उपलब्ध गराइसकेको छ ।

यसैबीच कोरोना भाइरसको संक्रमणबाट प्रभावित भएका नेपालीहरू स्वदेश फर्कने क्रम अझै जारी छ ।

अहिलेसम्म कतारबाट ३० वटा उडानमार्फत ५ हजार ४६५ जना स्वदेश फर्किएका छन् ।

दूतावासले पछिल्लो पटक सार्वजनिक गरेको सूचीमा अझै घर फर्किने नेपालीको सङ्ख्य ९ हजार ३ सय ८५ जना रहेको जनाएको छ । थप उडान कहिले हुने भन्नेबारे भने केही खुलाइएको छैन् ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  ७ : २५ बजे

एमालेबाट काठमाडौं क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले काठमाडौँ क्षेत्र नं ५

कांग्रेसले टुङ्ग्यायो यी ३४ निर्वाचन क्षेत्रको उम्मेदवार

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगनकुमार

सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता

सिरहा– आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिरहामा चार लाख ५३

मन्त्रालयले गर्‍यो मन्त्री खरेलको बिदाइ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आजै राजीनामा दिएका सञ्चार