आज बाढी, पहिरो र डुबानको जोखिम « Khabarhub

आज बाढी, पहिरो र डुबानको जोखिम


३१ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज देशका अधिकांश स्थानमा ठूलो पानी पर्ने भएकाले बाढी, पहिरो र डुबानको जोखिम देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भिरालो जमिन आसपास पहिरो जान सक्ने र विभिन्न नदीमा एक्कासी बाढी आउँन सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क हुन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाले दाङ, बाँके, बर्दिया, कैलाली र आसपास धेरै ठाउँमा ठूलो पानी परेकाले साना नदीमा एक्कासी बाढी आएर होचा ठाउँमा डुबान हुन सक्ने भएकाले सतर्क रहन आग्रह गरेको छ ।

यस्तै बबई नदीजलाधारको गुलरिया, रानीजरूवा, रम्वापुरलगायत बर्दियाको धेरै ठाउँमा ठूलो पानी परेको र अझै पर्ने क्रममा रहेकाले आसपासको डुबान भइरहने होचा ठाउँका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यसैगरी धनकुटामा तमोर मुलघाटदेखि सप्तकोशी दोभानसम्मको तटीय क्षेत्रमा दिउँसोसम्मै उच्च सतर्कता अपनाउन पनि महाशाखाले भनेको छ । यसैगरी गोरखाको बारपाक, आरूघाट, विरेनचोकलगायत धेरै ठाउँमा तथा लमजुङको बेँसीशहर, खुदीबजार लगायत केही ठाउँमा ठूलो पानी परेकाले बाढी र पहिरोको जोखिम रहेको भन्दै महाशाखाले बाढी र पहिरोको जोखिम रहेको जनाएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  १० : ०८ बजे

मौन पीडामा रहेकी कालिमायाको याचना …

दमौली– यहाँस्थित व्यास नगरपालिका–८ बर्लाचीको एक घरको आँगनमा डोरीमा बाँधिएर जीवन

दक्षिण अफ्रिकाको बारमा गोलीकाण्ड : ९ जनाको मृत्यु, १० घाइते

जोहान्सबर्ग– दक्षिण अफ्रिकाको जोहान्सबर्ग नजिकैको बेक्कर्सडालमा शनिबार बिहान अज्ञात हथियारधारीहरूले

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन– नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या यहाँ

पनौतीमा ‘भृकुटी’को जन्मघर तथा उद्यान निर्माण गरिने

काभ्रे– काभ्रेको पनौतीमा राष्ट्रिय विभूति भृकुटीको जन्मघर र उद्यान निर्माण

नोरा फतेही मुम्बई दुर्घटनापछि पनि स्टेजमा चम्किइन्

काठमाडौं– बलिउड अभिनेत्री नोरा फतेही शनिबार मुम्बईमा सानो कार दुर्घटनामा