पूर्वप्रेमिका र श्रीमतीबीचको झगडामा लक्ष्मणको हत्या « Khabarhub

पूर्वप्रेमिका र श्रीमतीबीचको झगडामा लक्ष्मणको हत्या


३१ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वप्रेमिका र श्रीमतीबीचको झगडाले नुवाकोटका लक्ष्मण तामाङको हत्या भएको खुलेको छ ।

लक्ष्मणमाथि छुरा प्रहार गरी हत्या गर्ने मुख्य अभियुक्त आङदोर्जे शेर्पालाई प्रहरीले पक्राउ गरेपछि उनले दिएको बयानका क्रममा यो रहस्य खुलेको हो ।

महानगरिय अपराध महाशाखाका प्रमुख एसएसपी दिपक थापाका अनुसार शुरुमा मृतक लक्ष्मण, उनकी श्रीमती सोनु श्रेष्ठ र लक्ष्मणकी पूर्व प्रेमिकाबीच झगडा हुँदा घटनाले यस्तो अवस्थासम्म पुगेको पाइएको छ ।

त्यसपछि एक आपसमा शक्ति देखाउन उनीहरुबीच ग्याङ खडा गरी बादबिबाद हुँदा लक्ष्मणको हत्या भएको देखिएको प्रहरीले जनाएको छ ।

सोनुले श्रीमान लक्ष्मण, भाइ समिर श्रेष्ठ र लक्ष्मणका दाइ शंकरलाई घटनास्थलमा बोलाएकी थिइन । पुष्पाले भने आङदोर्जे, रबिन तामाङ, दिनेश तामाङलगायतलाई बोलाएपछि दुबै पक्षबीच भिडन्त नै भएको भएको थियो ।

आङदोर्जे समुहको आक्रमणमा परी लक्ष्मणका दाइ शंकरको आँखामा चोट लागेको छ भने श्रीमती सोनु पनि सामान्य घाइते छन्। आङदोर्जेका साथी दिनेश तामाङ पनि घाइते भएका छन् । आङदोर्जेले तामाङलाई छातीको बाँया भागमा छुरा प्रहार गरी हत्या गरेको खुलेको छ।

शुक्रबार राति मितेरी पुल नजिक शेर्पासहितको समुहले २४ वर्षीय तामाङलाई छुरा प्रहार गरी हत्या गरेका थिए । हत्यामा संलग्न भएको आशंकामा प्रहरीले तीन जना युवकलाई पनि पक्राउ गरेको छ ।

शुक्रवार राति करिब साढे ८ बजेतिर छुरा प्रहारबाट घाइते लक्ष्मणको उपचारको क्रममा ग्रिनसिटी अस्पतालमा मृत्यु भएको थियो ।

हत्यामा संलग्न भएको आशंकामा प्रहरीले लक्ष्मणकी पूर्वप्रेमिका पन्तसहित तीन जनालाई पक्राउ गरेको छ । आङदोर्जेलाई महाशाखाका एसपी ईश्वर कार्की र महानगरिय प्रहरी परिसरबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  १ : ३४ बजे

‘खुला पाठशाला’ : पिपलको फेदमा बोरा ओछ्याएर चन्द्र सरको निःशुल्क ट्युसन कक्षा

धरान- इटहरीस्थित टेङ्ग्रा खोलाको किनार छेवैको एउटा गल्ली । पिपलको

सञ्चारमन्त्रीको निर्देशनपछि सार्वजनिक बिदाको दिन पनि हुलाकबाट सेवा लिन सकिने

काठमाडौँ – सार्वजनिक बिदाको दिन पनि हुलाक कार्यालयमार्फत विदेशमा सामान

डलरको मूल्य घट्यो : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ– आज २०८२ साल चैत २० गते शुक्रबार वैशाख कृष्ण

आज २०८२ साल चैत २० गते  शुक्रबारको राशिफल 

काठमाडौँ– आज २०८२ साल चैत २० गते शुक्रबार वैशाख कृष्ण