भक्तपुरको नेपाल कोरियामैत्री अस्पतालका स्वास्थ्यकर्मीमा पनि कोरोना « Khabarhub

भक्तपुरको नेपाल कोरियामैत्री अस्पतालका स्वास्थ्यकर्मीमा पनि कोरोना


३१ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा कार्यारत स्वास्थ्यकर्मीमा पनि कोरोना पुष्टि भएको छ ।

अस्पतालमा मेडिकल डाइरेक्टर डाक्टर दिपेन्द्रकुमार रौसनका अनुसार अस्पतालमा कार्यरत ३ जना नर्स र अर्का एकजना हेल्परसहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित ३ जना नर्सको उमेर क्रमशः २२,२६ र २८ वर्ष र हेल्पर पुरुष २१ वर्षका हुन् ।

उनीहरु ४ जनालाई नै सोही अस्पतालमा आइसोलेसन व्यवस्थापन गरी राखिएको डा रौसनले बताए ।

उनका अनुसार अस्पतालमा नर्स तथा कर्मचारीमा कोरोना पुष्टि भएसँगै अस्पतालमा कार्यरत अन्य डाक्टर तथा कर्मचारीको पनि कोरोना परीक्षण गर्न लागिएको छ ।

‘हाम्रो अस्पतालमा ३ जना नर्स र एकजना हेल्परसहित ४ जनामा कोरोना देखियो,‘ डा रौसनले खबरहबसँग भने, ‘उहाँहरु ४ जना नै हाम्रै अस्पतालमा आइसोलेसनमा हुनुहुन्छ, अस्पतालमा डाक्टर, नर्स, स्वास्थ्यकर्मीसहित करिब ३ सय जना कर्मचारी छन् । सबैको कोरोना परीक्षण गर्ने तयारी गरेका छौं ।’

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  २ : ०३ बजे

सुनको मूल्यमा उतारचढाव, दुई लाख ६० हजार नजिक

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर

आर्यन खानलाई डेब्यु निर्देशनमै अवार्ड

काठमाडौं – बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानले निर्देशनमा

आहा ! आलिताल

डडेल्धुरा– पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको

मासुमा मात्रै होइन शाकाहारी भोजनमा पनि पर्याप्त प्रोटिन पाइन्छ 

काठमाडौं– हिजोआज कसरत गर्ने व्यक्तिहरू ‘प्रोटिन सेक, प्रोटिन पाउडर’ किनेर

दुर्गमको ‘लालझाडी’ सडक पूर्वाधार विकासले सुगम बन्दै

कञ्चनपुर– जिल्लाको दुर्गम क्षेत्रका रूपमा परिचित लालझाडी गाउँपालिका पछिल्ला वर्षहरूमा