भक्तपुरको नेपाल कोरियामैत्री अस्पतालका स्वास्थ्यकर्मीमा पनि कोरोना « Khabarhub

भक्तपुरको नेपाल कोरियामैत्री अस्पतालका स्वास्थ्यकर्मीमा पनि कोरोना


३१ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा कार्यारत स्वास्थ्यकर्मीमा पनि कोरोना पुष्टि भएको छ ।

अस्पतालमा मेडिकल डाइरेक्टर डाक्टर दिपेन्द्रकुमार रौसनका अनुसार अस्पतालमा कार्यरत ३ जना नर्स र अर्का एकजना हेल्परसहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित ३ जना नर्सको उमेर क्रमशः २२,२६ र २८ वर्ष र हेल्पर पुरुष २१ वर्षका हुन् ।

उनीहरु ४ जनालाई नै सोही अस्पतालमा आइसोलेसन व्यवस्थापन गरी राखिएको डा रौसनले बताए ।

उनका अनुसार अस्पतालमा नर्स तथा कर्मचारीमा कोरोना पुष्टि भएसँगै अस्पतालमा कार्यरत अन्य डाक्टर तथा कर्मचारीको पनि कोरोना परीक्षण गर्न लागिएको छ ।

‘हाम्रो अस्पतालमा ३ जना नर्स र एकजना हेल्परसहित ४ जनामा कोरोना देखियो,‘ डा रौसनले खबरहबसँग भने, ‘उहाँहरु ४ जना नै हाम्रै अस्पतालमा आइसोलेसनमा हुनुहुन्छ, अस्पतालमा डाक्टर, नर्स, स्वास्थ्यकर्मीसहित करिब ३ सय जना कर्मचारी छन् । सबैको कोरोना परीक्षण गर्ने तयारी गरेका छौं ।’

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  २ : ०३ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको