गण्डकी प्रदेशमा कोरोना निको हुने दर उच्च « Khabarhub

गण्डकी प्रदेशमा कोरोना निको हुने दर उच्च


३१ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको निको हुने दर उच्च रहेको छ । प्रदेशमा शुक्रबार साँझसम्म एक हजार ६८२ जना सङ्क्रमित भएकामा एक हजार ५२० जना अर्थात् ९० दशमलव ३७ प्रतिशत निको भएका छन् ।

सङ्क्रमितमध्येमा १५७ जना विभिन्न जिल्लास्थित आइसोलेसन कक्षमा उपचार गराइरहेका छन् भने पाँच जनाको कोरोनाका कारण मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सक्रिय कोरोनाको प्रतिशत नौ दशमलव ३३ रहेको छ भने मृत्यु हुने प्रतिशत शून्य दशमलव ३० छ । म्याग्दीमा ४८ सङ्क्रमित रहेकामा सबै जना निको भएपछि घर फर्केका छन् । म्याग्दीमा सक्रिय बिरामी छैनन् ।

कास्कीमा १९५ सङ्क्रमित भएकामा १४५ जना उपचारपछि निको भएर घर फर्केका छन् भने सक्रिय केस ४९ जना छन् । कास्कीमा एक जनाको मृत्यु भएको छ ।

पर्वतमा १०४ सङ्क्रमित भएकामा ९८ जना निको भए भने छ जनाको उपचार भइरहेको छ । यसैगरी बाग्लुङमा २६३ सङ्क्रमितमा २४४ निको भए भने १८ जनाको उपचार जारी रहँदा एक जनाको मृत्यु भएको छ ।

स्याङ्जामा २९८ मध्येमा २५६ उपचारपछि घर फर्केका छन् । जिल्लामा ४० जनाको उपचार भइरहँदा दुई जनाको मृत्यु भएको छ । नवलपरासी पूर्वमा ३३३ मा ३२६ निको भएका छन् भने सात जनाको उपचार भइरहेको तथा तनहुँमा २१० सङ्क्रमित हुँदा १८० निको भए भने ३० जनाको उपचार भइरहेको छ ।

गोरखामा ११६ जना सङ्क्रमित रहेकामा ११२ जना उपचारपछि घर फर्किएका छन् । तीन जनाको उपचार जारी रहँदा एक जनाको कोरोनाका कारणबाट मृत्यु भएको छ ।

लमजुङमा ११३ मा १०९ निको भएका छन् भने चार जनाको उपचार जारी छ । हिमालपारिका जिल्ला मनाङ र मुस्ताङमा भने एक/एकजना सङ्क्रमित भएका दुवै जना उपचारपछि निको भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

प्रदेशका मुस्ताङ बाहेकका १० जिल्लामा गरी एक हजार ११२ जना क्वारेन्टिनमा रहेका छन् ।

१८ जना सङ्क्रमित थपिए

गण्डकी प्रदेशमा आज १८ जना कोरोना सङ्क्रमित थपिएका छन् । निर्देशनालयका अनुसार कास्कीमा ११ तथा तनहुँ र बाग्लुङमा दुई/दुई तथा गोरखा, नवलपरासी र बाग्लुङमा एक÷एकजना छन् । कास्कीमा सङ्क्रमण पुष्टि भएका सबै जना पोखरा महानगरपालिका भित्रका हुन् ।

सङ्क्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशक शर्माले जानकारी दिनुभयो । यससँगै प्रदेशमा सङ्क्रमित एक हजार ७०० पुगेका छन् ।

प्रदेशमा हालसम्म ३२ हजार ९९६ जनको पिसिआर विधिबाट नमूना जाँच गरिएकामा ३१ हजार २९६ जनामा कोरोना देखिएको छ्रैन ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  २ : ४२ बजे

खामेनीको अन्त्येष्टि अघि इरानद्वारा अमेरिकाको आलोचना, कफिनमा ‘रातो झण्डा’ ओढाइयो

काठमाडौँ – इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टिको तयारी

रोनाल्डो र मोड्रिचको तस्बिर राख्दै सन्दीपले लेखे– ‘अन्तिम मिनेटको ड्रामा, उत्कृष्ट खेल’

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा, अर्को चरणमा स्पेनसँग भिड्ने

काठमाडौँ – इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले

अस्ट्रियालाई ३-० ले हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा

काठमाडौँ – मिकेल ओयार्जाबालको दुई गोल र पेड्रो पोरोको उत्कृष्ट

आज चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ – देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि