अघि बढ्यो मेलम्चीको हेडबक्स निर्माण | Khabarhub Khabarhub

अघि बढ्यो मेलम्चीको हेडबक्स निर्माण


३१ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक- मेलम्ची खानेपानी आयोजनाअन्तर्गत सुरुङमा भएको त्रुटि सच्याउने काम भइरहँदा ‘हेडबक्स’ निर्माण पनि अघि बढेको छ ।

आयोजनामा यसअघि कार्यरत कम्पनीले गर्न बाँकी काम सम्पन्न गर्ने गरी सम्झौता भएको चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले ‘हेड बक्स’ को बाँकी काम अघि बढाएको छ । अहिले त्यहाँ कङ्क्रिट राख्ने काम भइरहेको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिए ।

उनका अनुसार यसको निर्माण सम्पन्न गर्ने अवधि अझै चार महिना (डिसेम्बर) सम्म रहेकाले कम्पनीले बाँकी काम निर्धारित अवधिमा सकाउने देखिएको छ । उनले भने, “अहिलेसम्म कामको गति हेर्दा हेडबक्स निर्माणमा ढिलाइ हुने देखिँदैन ।”

आयोजनाले गत महिना सुरुङको परीक्षणका क्रममा ‘हेडबक्स’ को निर्माण नसकिएकाले अस्थायी बाँधमार्फत पानी पठाएको थियो । सुरुङमा रहेको ढोका गलत तरिकाले जडान भएकाले सो दुर्घटना भएको पाइएको थियो । अहिले त्रुटि सच्याउने काम भइरहेको छ ।

त्रुटि सच्याएर सुरुङको पुनः परीक्षण गर्दा अस्थायी बाँधकै प्रयोग गरिने पन्तले बताए । उनले भने, “हेडबक्स बनिसकेपछि मात्रै त्यसमा पानी पठाइनेछ ।”

दुई दशक पहिले निर्माण शुरु भएको सो आयोजनाका अन्तिम काम भइरहेको छ । यसअघि काम गरेको इटालेली निर्माण कम्पनी सिएमसीले आयोजना अलपत्र छाडेर गएपछि सरकारले गत वर्ष असोजमा बाँकी काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । आयोजनाअन्तर्गत यसअघि नै सुन्दरीजलमा दुई पानी प्रशोधन केन्द्र निर्माण सम्पन्न भइसकेको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  ३ : ०६ बजे

म्यान्माकी आङ सान सुकीले जेलमै मनाइन् ८०औँ जन्मदिन 

एजेन्सी– म्यान्माकी पदच्युत लोकतान्त्रिक नेत्री आङ सान सुकीले बिहीबार आफ्नो

आफ्नै अडानले बालेनलाई संकट, यी हुन् बजेट ल्याउने तीन विकल्प

काठमाडौं– आर्थिक वर्ष २०८२/८२ को बजेट ल्याउन देशभरका स्थानीय तह

धोबीखोलापछि बागमती पुगे प्रकाशमान, बाढीको जोखिम न्यूनिकरणमा चासो

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले बिहीबार बागमती

इन्जिनियरलाई प्रश्न- नेपालका सडक बनिनसक्दै किन भत्किन्छन् ? 

काठमाडौं– नेपालमा यातायातको महत्त्वपूर्ण र आम मानिसको पहुँचमा भएको मार्ग

इटाली र अजरबैजान पठाइदिने भन्दै ठगी, दुई जना पक्राउ

काठमाडौं–  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी इटाली र अजरबैजान