जोखिममा रहेका वस्ती स्थानान्तरण गर्न उपराष्ट्रपतिद्वारा ध्यानाकर्षण « Khabarhub

जोखिममा रहेका वस्ती स्थानान्तरण गर्न उपराष्ट्रपतिद्वारा ध्यानाकर्षण


३१ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुनले सिन्धुपाल्चोकको लिदीलगायत मुलुकका विभिन्न भागमा बाढीपहिरो तथा अन्य प्राकृतिक प्रकोपका कारण भएको मानवीय तथा भौतिक क्षतिले स्तब्ध बनाएको बताएका छन् ।

आज एक वक्तव्य जारी गर्दै उनले विश्वव्यापी महामारी कोरोना भाइरसको सामना गरिरहेको कठिन परिस्थितिमा सिन्धुपाल्चोक, कालिकोट, जाजरकोट, तनहुँ, गोरखा, दार्चुला, काठमाडौँ, दोलखा, ललितपुर, भोजपुर, मकवानपुर, खोटाङ, ओखलढुङ्गा, काभ्रे, धादिङलगायत जिल्लामा बाढीपहिरोबाट राष्ट्र नै शोकमा पर्ने गरी भएको ठूलो मानवीय तथा भौतिक क्षतिका घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

उपराष्ट्रपतिले बाढीपहिरो, डुबान तथा अन्य प्राकृतिक प्रकोपका कारण ज्यान गुमाएका दिदीबहिनी तथा दाजुभाइमा श्रद्धाञ्जलि तथा मृतकका परिवारजनमा समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिका लिदीमा शुक्रबार पहिरोले बस्ती बगाउँदा बेपत्ता भएका नागरिकको खोजीमा सङ्घीय, प्रदेश र स्थानीय सरकारले चालिरहेका कदमको स्रहाना गर्दै उपराष्ट्रपतिले खोजी कार्यलाई अझै प्रभावकारी बनाउन आग्रह गरे । उनले पहिरोबाट विस्थापितका लागि पर्याप्त राहत र घाइतेको उचित उपचारका लागि सरकारले प्रभावकारी काम गर्ने अपेक्षा लिएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्ती मगरले जानकारी दिए ।

भौगर्भिक अवस्थिति तथा पटक–पटक गइरहने भूकम्पका कारण देशभरका दर्जनौँ मानव वस्ती पहिरोको जोखिममा रहेको औँल्याउँदै उपराष्ट्रपतिले देशभरका जोखिममा रहेका मानव वस्ती यथाशक्य चाँडो सुरक्षित स्थानमा स्थानान्तरण गर्न सबै तहका सरकारको गम्भीर ध्यानाकर्षण गराए छ ।

वर्षाको समय अझै बाँकी रहेको र मौसमविद्ले बाढीपहिरो तथा डुबानको सम्भावना औँल्याइरहेकाले सम्भावित प्राकृतिक प्रकोपबाट जोगिन उच्च सतर्कता अपनाउन र व्यवस्थित पूर्वतयारी गर्न उपराष्ट्रपतिले सबै पक्षलाई आग्रह गए ।

प्रकाशित मिति : ३१ श्रावण २०७७, शनिबार  ५ : ०४ बजे

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड