साउदीको रियादबाट नेपाल एयरलाइन्सले थप ४ उडान गर्ने « Khabarhub

साउदीको रियादबाट नेपाल एयरलाइन्सले थप ४ उडान गर्ने



दोहा- साउदी अरवको रियादबाट काठमाडौंको लागि थप ४ वटा चार्टर  उडान हुने भएको छ।

साउदीस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै थप उडानका  तालिका सार्वजनिक गरेको हो।

दूतावासका अनुसार नेपाल एयरलाइन्सले सेप्टेम्बर १७, १९, २३ र २७ तारिख रियादबाट उडान गर्नेछ । उक्त मितिमा नेपाल जान इच्छुक नेपालीले टिकट लिन सक्ने दूतावासले जनाएको छ ।

नेपाल जाने यात्रुले ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ रिपोर्ट समेत साथमा लिनुपर्ने छ ।

यात्रुले उडान समयको ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ भएको प्रमाण र कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको वेभसाइटमा राखिएको अनलाइन इन्ट्री फारम भरेपश्चात प्राप्त हुने बारकोड वा प्रिन्ट कपी अनिवार्य रुपमा लिएर जानुपर्ने सूचनामा उल्लेख छ।

पीसीआर परीक्षण नगरी चार्टर उडानमार्फत स्वदेश फर्किने यात्रुहरुले नेपाल पुगेपछि ७ दिनसम्म आफ्नै खर्चमा होटल क्वारेन्टाइनमा बस्नुपर्ने दूतावासले जनाएको छ ।

यसघि दूतावासले सार्वजनिक गरेको उडान तालिका अनुसार नेपाल एअरलाइन्सले सेप्टेम्बर १८, १९,२०,२४ र २८ तारिखमा दमामबाट उडान गर्ने उल्लेख छ ।

यस्तै हिमालय एयरलाइन्सले सेप्टेम्बर १६,१७,२२,२६ तथा २९ मा रियादबाट उडान गर्ने तालिका यसअघि नै सार्वजनिक गरिसकेको छ ।

प्रकाशित मिति : ३० भदौ २०७७, मंगलबार  ७ : १५ बजे

भारत भ्रमणमा राजनीतिक भेटघाट छैन : सभापति लामिछाने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो

लुकिछिपी पटाका ल्याउँदै गरेका अटो चालक पक्राउ

दाङ– अवैध रूपमा ल्याइँदै गरेका विभिन्न किसिमका पटाकासहित एक अटो

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

बुटवल – सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

हिमनदी पग्लिँदा खुल्दैछ स्विट्जरल्यान्डको इतिहास

एजेन्सी– जलवायु परिवर्तनका कारण स्विट्जरल्यान्डका हिमनदी तीव्र गतिमा पग्लिन थालेपछि

इक्वेडरको जेलमा झडप, आठ कैदीको मृत्यु

एजेन्सी– इक्वेडरका दुई जेलमा बिहीबार भएको झडपमा आठ कैदीको मृत्यु