एक लाखको कोरोना बीमा गर्नेले २५ हजार मात्र पाउने « Khabarhub

एक लाखको कोरोना बीमा गर्नेले २५ हजार मात्र पाउने


३० भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एक लाखको कोरोना बीमा गर्नेले अब जम्मा २५ हजार रुपैयाँ पाउने भएको छ।

बीमा समितिले आइतबार कोरोना बीमा निर्देशिका संशोधन गर्दै होम आइसोलेसनमा बस्ने संक्रमितलाई २५ हजार रुपैयाँ मात्रै दाबी भुक्तानी गर्ने नियम बनाएको हो। त्यस्तै, अस्पताल भर्ना भएर उपचार गर्नेले अधिकतम् ७५ प्रतिशतसम्म मात्रै खर्च दिने व्यवस्था गरेको छ।

अब कुनै बिरामी अस्पताल भर्ना भएर उपचार गर्दा २० हजार खर्च भयो त्यति मात्रै दाबी भुक्तानी गर्नेछ। ५० हजारको बीमा गर्नेले अधिकतम साढे ३७ हजार र १ लाखको बीमा गर्नेले ७५ हजार रुपैयाँ मात्रै प्राप्त गर्नेछन्।

यसअघि कोरोना संक्रमण पुष्टि हुनेबित्तिकै जतिको बीमा गरेको हो, त्यति नै रकम संक्रमित वा परिवारलाई दिने व्यवस्था थियो। गत वैशाख पहिलो सातादेखि सञ्चालन गरिएको कोरोना बीमा योजनामा बीमित संक्रमित हुने बित्तिकै नगद प्रदान गर्ने व्यवस्था थियो।

पछिल्लो समय संक्रमितको संख्या बढ्न थालेपछि समितिले आइतबार कोरोना बीमा मापदण्ड संशोधन गर्दै राहत रकम र अस्पताल भर्ना खर्च मात्रै भुक्तानी गर्ने व्यवस्था गरेको हो।

नयाँ व्यवस्थाअनुसार संक्रमितले दाबी भुक्तानी पाउने प्रक्रियालाई झनै जटिल बनाइएको छ। होम आइसोलेसनमा बसेका संक्रमितले राहत रकमका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अभिलेखका साथै स्थानीय निकायको सिफारिससमेत पेस गर्नुपर्नेछ। त्यस्तै, अस्पतालमै उपचाररत संक्रमित बीमितले भर्ना तथा डिस्चार्ज भौचर पेस गर्नुपर्नेछ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  १० : ३८ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल