बलात्कारीलाई सार्वजनिक स्थलमा झुन्ड्याउनुपर्छ : इमरान खान « Khabarhub

बलात्कारीलाई सार्वजनिक स्थलमा झुन्ड्याउनुपर्छ : इमरान खान


३० भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बढ्दो यौनहिंसा रोक्‍नका लागि बलात्कारीलाई सार्वजनिक स्थलमा झुण्ड्याउने अथवा रसायन प्रयोग गरेर ती व्यक्तिका अण्डकोष झिक्‍नुपर्ने बताएका छन् ।

प्रधानमन्त्री खानले ९२ न्युज एचडीसँगको अन्तर्वार्ताका क्रममा सामुहिक बलात्कार बढ्दै गएको विषयमा गरिएको प्रश्‍नमा यस्तो जवाफ दिएका हुन् ।

प्रधानमन्त्री खानले ‘मोटरवे ग्याङ रेप’ ले सिंगो मुलुकलाई नै त्रसित बनाएको जनाएका छन् ।

उनले भने, “प्रहरीले सार्वजनिक गरेको बलात्कारका उजुरीले म ‘स्तब्ध’ भएको छु । बलात्कार गर्नेहरुलाई सार्वजनिक चोकमा झुण्ड्याउनुपर्छ र यस्तो अपराध गर्ने मानिसलाई के कारबाही हुन्छ भन्‍ने कुरा सबैलाई सार्वजनिक रुपमा नै देखाउनुपर्छ ।”

उनले अर्को विकल्प भनेको रसायनिक तथा सर्जिकल विधिबाट उनीहरुका अण्डकोष निकाल्‍न अथवा निस्क्रिय पार्न सकिनेसमेत बताएका छन् ।

पाकिस्तानमा गत हप्ता पञ्‍जाब प्रान्तको लाहोर सहरनजिकै आफ्नो कारमा रहेकी ती महिलालाई जबर्जस्ती कार रोकेर उनको कारमासमेत तोडफोड गरी कारबाट सडकमा निकालेर बलात्कार गरिएको घटना सार्वजनिक भएको थियो ।

उक्त घटनामा संलग्‍न भएको आशंकामा लाहोर प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

 

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  ८ : ०२ बजे

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत