पुजारी हत्याको निस्पक्ष छानविनको मागसहित राष्ट्रिए एकता अभियानद्वारा विरोध प्रदर्शन | Khabarhub Khabarhub

पुजारी हत्याको निस्पक्ष छानविनको मागसहित राष्ट्रिए एकता अभियानद्वारा विरोध प्रदर्शन


३० भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  राष्ट्रिय एकता अभियानले पुजारी श्रीराम साहको हत्या प्रकरणमा निस्पक्ष छानविनको मागसहित प्रदेश २ का जिल्लाहरुमा विरोध प्रदर्शन गरेको छ ।

एकता अभियानका कार्यकर्ताहरुले पुजारी श्रीराम साह हत्याकाण्ड’मा प्रहरीले जारी गरेको अनुसन्धान प्रतिवेदनप्रति असन्तुष्टि जनाउँदै सप्तरी, रौतहट र धनुषामा प्रदर्शन गरेका हुन् ।

प्रदेश २ को प्रदेश प्रहरी कार्यालयले ‘पुजारीको हत्या लेनदेनको कारण भएको’ भन्दै सार्वजनिक गरेको लिखित प्रतिवेदन घोर आपत्तिजनक र निन्दनीय रहेको भन्दै उनीहरुले गृहमन्त्री रामबहादुर थापा बादलको राजिनामा माग गरेको छन् ।

राष्ट्रिय एकता अभियानको उपाध्यक्ष सुनिता साहको नेतृत्वमा सप्तरीको राजविराजमा प्रदर्शन गरिएको थियो ।

यसैगरी रौतहटको जिल्ला संयोजक शंकर दासको नेतृत्वमा कटहरिया नगरपालिकामा प्रदर्शन भएको हो। त्यस्तै जनकपुमा पनि अभियानका नेता तथा कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका छन्।

अभियानका केन्द्रीय संयोजक विनय यादवले भने,’प्रहरीको प्रतिवेदन घटनाको वास्तविकतालाई ढाकछोप गर्ने उदेश्यले अभिप्रेरित मात्र नभई सम्पुर्ण साधुसन्त समाजमाथिको पनि प्रहार हो ।’

आफ्नो निजी सम्पती बेचेर मठ मन्दिर बनाउने सन्त श्रीराम साहले कुनै पनि आर्थिक लेनदेन नगरेको उनको परिवारका सदस्यहरू एवं  हत्याको आरोपमा पक्राउ गरिएका दुईजना आरोपीहरूका परिवारले समेत प्रस्ट पारिसकेको उनले बताए ।

उनीहरुले कसैको दबाबमा प्रदेश प्रहरीले उक्त प्रतिवेदेन सार्वजनिक गरेको आरोप लगाएका छन् ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  ३ : ०८ बजे

सभामुखको कार्यकक्षमा प्रधानमन्त्रीसहित शीर्ष नेताहरूको बैठक

काठमाडौं- सभामुख देवराज घिमिरेको आह्वानमा अहिले सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल

तातो हावा ‘लू’ ले जनजीवन कष्टकर

खजुरा– अत्यधिक गर्मी र तातो हावा ‘लू’का कारण बाँकेको जनजीवन

बालुवाटारबाट फर्किए उपेन्द्र, बालकुमारीमा नयाँ रणनीति बनाउँदै

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको रहेको छ ।

साउदी लिगमा अल हिलालको अपराजित यात्रा कायमै

काठमाडौं– साउदी प्रो लिगमा अल-हिलालको अपराजित यात्रा कायम रहेको छ