पुजारी हत्याको निस्पक्ष छानविनको मागसहित राष्ट्रिए एकता अभियानद्वारा विरोध प्रदर्शन « Khabarhub

पुजारी हत्याको निस्पक्ष छानविनको मागसहित राष्ट्रिए एकता अभियानद्वारा विरोध प्रदर्शन


३० भाद्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  राष्ट्रिय एकता अभियानले पुजारी श्रीराम साहको हत्या प्रकरणमा निस्पक्ष छानविनको मागसहित प्रदेश २ का जिल्लाहरुमा विरोध प्रदर्शन गरेको छ ।

एकता अभियानका कार्यकर्ताहरुले पुजारी श्रीराम साह हत्याकाण्ड’मा प्रहरीले जारी गरेको अनुसन्धान प्रतिवेदनप्रति असन्तुष्टि जनाउँदै सप्तरी, रौतहट र धनुषामा प्रदर्शन गरेका हुन् ।

प्रदेश २ को प्रदेश प्रहरी कार्यालयले ‘पुजारीको हत्या लेनदेनको कारण भएको’ भन्दै सार्वजनिक गरेको लिखित प्रतिवेदन घोर आपत्तिजनक र निन्दनीय रहेको भन्दै उनीहरुले गृहमन्त्री रामबहादुर थापा बादलको राजिनामा माग गरेको छन् ।

राष्ट्रिय एकता अभियानको उपाध्यक्ष सुनिता साहको नेतृत्वमा सप्तरीको राजविराजमा प्रदर्शन गरिएको थियो ।

यसैगरी रौतहटको जिल्ला संयोजक शंकर दासको नेतृत्वमा कटहरिया नगरपालिकामा प्रदर्शन भएको हो। त्यस्तै जनकपुमा पनि अभियानका नेता तथा कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका छन्।

अभियानका केन्द्रीय संयोजक विनय यादवले भने,’प्रहरीको प्रतिवेदन घटनाको वास्तविकतालाई ढाकछोप गर्ने उदेश्यले अभिप्रेरित मात्र नभई सम्पुर्ण साधुसन्त समाजमाथिको पनि प्रहार हो ।’

आफ्नो निजी सम्पती बेचेर मठ मन्दिर बनाउने सन्त श्रीराम साहले कुनै पनि आर्थिक लेनदेन नगरेको उनको परिवारका सदस्यहरू एवं  हत्याको आरोपमा पक्राउ गरिएका दुईजना आरोपीहरूका परिवारले समेत प्रस्ट पारिसकेको उनले बताए ।

उनीहरुले कसैको दबाबमा प्रदेश प्रहरीले उक्त प्रतिवेदेन सार्वजनिक गरेको आरोप लगाएका छन् ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलबार  ३ : ०८ बजे

झलनाथ खनालले अघि सारेको १५ बुँदे विशेष प्रस्तावमा के छ ?

काठमाडौँ – पूर्वप्रधानमन्त्री झलनाथ खनालको अगुवाइमा सुरु भएको ‘समाजवादी जागरण

बबरमहलमा आकाशे पुल जडान, भर्‍याङ राखेपछि सञ्चालनमा आउने (तस्बिरहरू)

काठमाडौं– माइतीघर–नयाँ बानेश्वर सडकखण्डअन्तर्गत बबरमहलमा पैदलयात्रीका लागि आकाशे पुल बनाइँदै

औद्योगिक क्षेत्रका लागि यथाशीघ्र जग्गा उपलब्ध गराउन आग्रह

काठमाडौं– उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले

झलनाथ अब नेकपामा सक्रिय नहुने, समाजवादी जागरण अभियान सञ्चालन गर्ने

काठमाडौं- वामपन्थी नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले छुट्टै अभियान सञ्चालन

चितवनमा ट्याक्टर र जिप ठोक्किँदा एक जनाको मृत्यु, १० घाइते

चितवन- चितवनको कालिका नगरपालिका–५ स्थित वडा कार्यालय चोकमा ट्याक्टर र बलेरो